मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

विद्युतीय कारमा आक्रामक टाटा ग्रुप : टाटा मोटर्स र ल्यान्ड रोभरका यी हुन् नयाँ आउने ईभी मोडल

बिहीबार , साउन २५ २०८०
विद्युतीय कारमा आक्रामक टाटा ग्रुप : टाटा मोटर्स र ल्यान्ड रोभरका यी हुन् नयाँ आउने ईभी मोडल

२०३० सम्ममा टाटा मोटर्सका ५० प्रतिशत प्यासेन्जर कार विद्युतीय हुने बताइन्छ। त्यस्तै बेलायती ब्रान्ड ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)को स्वामित्व भएको टाटा सन्सले सो ब्रान्डका समेत विद्युतीकरणमा उच्च प्राथमिकता दिएको छ।

काठमाडौं- टाटा मोटर्सले विद्युतीय सवारीका सम्बन्धमा बृहत् रोडम्याप सार्वजनिक गरेको छ। नयाँ नयाँ मोडल ल्याएर विद्युतीय सवारीमा टाटा मोटर्स आफ्नो पकड कायम राख्न चाहिरहेको छ। सोहीअनुसार नयाँ विद्युतीय कार ल्याउने घोषणामा टाटा मोटर्स आक्रामक छ। 

२०२४ को सुरुवातसम्म अर्थात् अबको ८ महिनाभित्र टाटाले ४ वटा नयाँ विद्युतीय कार ल्याउने बताएको छ। टाटाले नेक्सन ईभीको फेसलिफ्ट, पन्च ईभी, ह्यारियर र कर्भ ईभी ल्याउने ल्याउने भएको छ। भारतमा सार्वजनिक हुने ईभी भारतीय बजारमा आएको केही महिनामै नेपाली बजारमा समेत आउनेछ। 

टाटा मोटर्स विद्युतीय मोबिलिटीमा केन्द्रित भएको टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले कम्पनीको हालै सम्पन्न सेयरहोल्डर बैठकमा बताएका हुन्। २०३० सम्ममा टाटा मोटर्सका ५० प्रतिशत प्यासेन्जर कार विद्युतीय हुने उनको भनाइ थियो। त्यस्तै बेलायती ब्रान्ड ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)को स्वाभित्व भएको टाटा सन्सले सो ब्रान्डका समेत विद्युतीकरणमा उच्च प्राथमिकता दिएको छ।

चन्द्रशेखरनले २०३० सम्ममा जेएलआरको ६५ प्रतिशत सवारी ग्रिन प्रविधिमा आधारित हुने बताएका हुन्। रेन्ज रोभर ईभी र रेन्ज रोभर स्पोर्ट ईभीको बुकिङ आगामी अक्टोबरबाट उल्ने चन्द्रशेखरनको भनाइ छ। जेएलआरको समग्र ईभी लाइनअप बारे भने २०२५ मा बृहत् परियोजना सार्वजनिक हुने कम्पनीले जनाएको छ। 

टाटाले अहिले बिक्री भइरहेको नेक्सन ईभीको अपडेटेड फेसलिफ्ट भर्सन, पन्च ईभी, ह्यारियर ईभी र कर्भ ईभी ल्याउने योजना बनाएको हो। कम्पनीले नेक्सन ईभीको फेसलिफ्ट भर्सन सेप्टेम्बरमा सार्वजनिक गर्ने उल्लेख गरेको छ। त्यसपछि ह्यारियर ईभी सार्वजनिक हुनेछ भने कर्भ ईभी २०२४ को सुरुवातमा सार्वजनिक गर्ने घोषणा गरेको हो। 

muglin naran pahiro rat.jpg

अहिले भारतीय बजारमा विद्युतीय कारमा टाटा मोटर्स सबैभन्दा अघि रहेको छ। टाटाले भारतमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी र टियागो ईभी बिक्री गर्दै आएको छ। भारतको विद्युतीय कार बजारमा टाटाको हिस्सा करिब ८० प्रतिशत रहेको छ। त्यस्तै नेपाली बजारमा पनि टाटाको विद्युतीय कारको उपस्थिति राम्रो रहेको छ। नेपालमा टाटाको नेक्सन ईभी प्राइभ, नेक्सन ईभी म्याक्स र टिगोर ईभी उपलब्ध रहेको छ। टियागो ईभी भने ल्यााउने अन्तिम तयारी चलिरहेको टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ। 

त्यस्तै सिप्रदीले सार्वजनिक यातायातको रुपमा विद्युतीय ट्याक्सी समेत नेपालमा उपलब्ध गराएको छ। एक्सप्रेस टी विद्युतीय ट्याक्सी अहिले काठमाडौंका सडकमा बाक्लै देखिन थालेका छन्। एक्सप्रेस टी ट्याक्सीका चालकहरु निकै सन्तुष्ट रहेको कम्पनीले जनाएको छ। 

ब्याट्री उत्पादन गर्न बेलायतमा ४ अर्ब पाउण्ड लगानी 

भारतीय व्यावसायिक घराना टाटा समूहले बेलायतमा विद्युतीय सवारीका लागि चाहिने ब्याट्री उत्पादन गर्न ठूलो लगानी गर्ने घोषणा अघिल्लो महिना गरेको थियो। समूहले बलायतमा गिगाफ्याक्ट्री स्थापना गरेर ब्याट्री सेल उत्पादन गर्न ४ अर्ब पाउण्ड लगानी गर्ने बताएको हो। 

विद्युतीय सवारीतर्फ आक्रामक रुपमा लम्किएको टाटा समूहको उक्त घोषणाले नयाँ आयाम थपेको छ। यसले बेलायतको ग्रिन टेक इकोसिस्टमको विकासमा समेत ठूलो योगदान पुग्ने छ। बेलायतमा स्थापना हुने ब्याट्री प्लान्टले २०२६ देखि ज्यागुअर ल्यान्ड रोभर र टाटा मोटर्सलाई ब्याट्री सेल सप्लाइ गर्नेछ। 

बेलायतसँगै भारतीय समूहको स्वामित्वमा रहेको ज्यागुअर ल्यान्ड रोभरको स्पेनमा बन्ने नयाँ प्लान्टबाट उत्पादन हुने सवारीका लागि समेत ब्याट्री सेल सप्लाइ हुनेछ। टाटा ग्रपले बेलायतमा स्थापना गर्न लागेको ब्याट्री प्लान्ट युरोपकै ठूलो हुने टाटा सन्सका अध्यक्ष ए चन्द्रशेखरनले बताएका थिए। ४ अर्ब पाउण्ड लगानी हुने स्टेसअफ आर्ट प्रविधिमा आधारित सो ब्याट्री प्लान्ट बेलायतमा हुनेछ। यसले सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न ठूलो सहयोग पुग्ने विश्वास चन्द्रशेखरनको छ। 

एउटै परियोजनामा एकैपटक भारतीय कम्पनीबाट बेलायतमा भएको यो लगानी नै सबैभन्दा ठूलो लगानी हो। टाटा समूहले स्टील, पावर, एभिएसन, केमिकल, सफ्टवेयर तथा सेवा क्षेत्रमा लगानी गरेको छ। 

टाटा समूहले भारतमा पनि विद्युतीय कारका लागि आवश्यक पर्ने ब्याट्री उत्पादनमा लगानी गर्ने बताएको छ। टाटाले भारतमै ब्याट्री उत्पादन प्लान्टमा १ अर्ब ६० करोड डलर लगानी गर्ने योजना अघि सारेको छ।


प्रकाशित : बिहीबार , साउन २५ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend