शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

images
बुधबार, साउन २४ २०८०
images
ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म २० जना पक्राउ परेका छन्।

images
images

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ।

images
images
images

जिल्ला अदालत काठमाडौंले आज निजहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो।

images
images

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा निजहरूमाथि अनुसन्धान गरिरहेको छ।

images
images

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सीआईबीको हिरासतमा रहेका छन्। रासस


प्रकाशित : बुधबार, साउन २४ २०८०१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend