शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

तीन जलविद्युत आयोजनालाई वन क्षेत्रका जग्गा २५ वर्षसम्म प्रयोग गर्न र रुखहरु काट्न सरकारको स्वीकृति

मन्त्रिपरिषद् बैठकका १८ निर्णय

images
बुधबार, साउन २४ २०८०
images
तीन जलविद्युत आयोजनालाई वन क्षेत्रका जग्गा २५ वर्षसम्म प्रयोग गर्न र रुखहरु काट्न सरकारको स्वीकृति

माथिल्लो पिलुवाखोला जलविद्युत आयोजना, माथिल्लो मोदी ए जलविद्युत आयोजना र नुप्चे लिखु जलविद्युत आयोजनालाई वन क्षेत्रका जग्गा २५ वर्षसम्म प्रयोग गर्न र त्यहाँका रुखहरु हटाउन सरकारले स्वीकृति दिएको हो।

images
images

काठमाडौं- सरकारले विभिन्न तीन जलविद्युत आयोजनाका विभिन्न संरचना निर्माणका लागि सो ठाउँका वन क्षेत्रका रुखहरु हटाउन स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित विभिन्न १८ निर्णय गरेको हो।

images
images
images

माथिल्लो पिलुवाखोला जलविद्युत आयोजनाको लागि इन्टेक, अडिट र पावरहाउस लगायत भाैतिक संरचना निर्माण गर्न संखुवासभाको मादी नगरपालिका र चैनपुर नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको करिब १.४६७३ हेक्टर जग्गा सर्तसहित २५ वर्षसम्म प्रयोग गर्न दिने र त्यहाँका रुखहरु हटाउन स्वीकृति दिइएको छ।

images
images

यस्तै बैठकले माथिल्लो मोदी ए जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माणका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकमा रहेको राष्ट्रिय वन क्षेत्रको ९.८५ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

images
images

मन्त्री शर्माका अनुसार नुप्चे लिखु जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइनको विभिन्न संरचना निर्माणका लागि गौरीशंकर संरक्षण क्षेत्रमा रहेको सरकारी वन क्षेत्रको ३७.८५ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने र सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय पनि भएको छ। 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १८ निर्णयहरु:

mantriparisad.jpg

mantriparisad-.jpg


प्रकाशित : बुधबार, साउन २४ २०८०११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend