शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी, कुनकुन समयमा चल्छ?

images
बुधबार, साउन २४ २०८०
images
सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी, कुनकुन समयमा चल्छ?

तत्कालका लागि द्रुत बस सेवा सवारीसानधको चाप बढी हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ। त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

images
images

काठमाडौं- सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ। असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ।

images
images
images

सूर्यविनायक-रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने र त्यो सकिएपछि नै यातायात व्यवस्था विभाग तथा अरू निकायको काम हुने यातायात विभागका प्रवक्ता ईश्वरदत्त पनेरुले जानकारी दिए।

images
images

सडक विभागले त्यसका लागि आवश्यक खण्ड सडक छुट्याएर ‘रोड मार्किङ’ गर्ने उनले बताए। उनले भने, 'सडकको काम सकिएपछि अरू निकायको काममा समय धेरै लाग्दैन।'

images
images

सडक विभागले गर्ने काम सकिएपछि अरू निकाय तयारी अवस्थामा रहेको उनले बताए। यातायात व्यवसायीले सवारी साधन उपलब्ध गराउन तयारी अवस्थामा रहेको र ट्राफिक प्रहरीले आफूले गर्ने काम गर्ने उनको भनाइ छ। उनले भने, 'सबैभन्दा पहिले सडकको काम नै हुनुपर्‍यो, त्यो सकिएपछि बैठक राखेर कार्यान्वयन कहिलेदेखि गर्ने भनी निर्णय हुनेछ।' 

अहिलेको अवस्था हेर्दा असोज १ गतेदखि नै सुरु गर्ने सम्भावना कम रहेको प्रवक्ता पनेरुले जानकारी दिए। वर्षाको समय भएकाले सडक विभागले काम गर्न केही समस्या भएको छ। पार्किङका लागि अध्ययन पहिले नै भइसकेर बनाउन वर्षाका कारण नसकिएको उनले बताए।

असोजभित्रै गरिने भए पनि पहिले लक्ष्य लिइएकोभन्दा ८/१० दिन तलमाथि हुनसक्ने उनको भनाइ छ। कुन मितिबाट बस सुरु हुन्छ भन्ने कुरा सडक विभागको काममा निर्भर रहेको छ। यातायात व्यवस्था विभागले समन्वय, सहकार्य र नियमनको काम गर्ने उनको भनाइ छ। द्रुतमार्गका लागि सडकको दुवैतर्फको लेन छुट्याइने गरी तयारी गरिएको उनले बताए।

काठमाडौं उपत्यकामा अत्यधिक सवारी साधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालय आफैले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको जनाएको छ।

पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो। आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने विभागले जनाएको छ।

मन्त्रालयले राम्रो अवस्था र क्षमताका निजी कम्पनीका बस छनोट गरी द्रुत बस सेवा सुरु गर्न लागेको हो। तत्कालका लागि द्रुत बस सेवा सवारीसानधको चाप बढी हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ। त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ। रासस


प्रकाशित : बुधबार, साउन २४ २०८००८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend