शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

तनहुँ मालपोतबाट ३० करोड ८४ लाख राजस्व संकलन

images
बुधबार, साउन २४ २०८०
images
तनहुँ मालपोतबाट ३० करोड ८४ लाख राजस्व संकलन

आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा १३ करोड ८३ लाख ७४ हजार छ सय १० रूपैयाँ कम राजस्व संकलन भएको हो।

images
images

तनहुँ- जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ३० करोड ८४ लाख तीन हजार ५४ रूपैयाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा १३ करोड ८३ लाख ७४ हजार छ सय १० रूपैयाँ कम राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ।

images
images
images

आर्थिक वर्ष २०७८/७९ मा ४४ करोड ६८ लाख चार हजार छ सय ६४ रूपैयाँ राजस्व संकलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए।

images
images

आर्थिक वर्ष २०७९/८० मा रजिस्ट्रेसन दस्तुरबाट पन्ध्र करोड ८० लाख पाँच हजार चार सय सत्र रूपैयाँ, पुँजीगत लाभकर ११ करोड ३९ लाख ५७ हजार १५, रोक्का दस्तुर धितोसमेत गरी तीन करोड १८ लाख ७० हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

images
images

त्यसैगरी नामसारी संशोधनबाट ६२ लाख ६८ हजार आठ सय १७, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर ११ हजार आठ सय पाँच राजस्व संकलन भएको थियो। उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको थियो। 

संकलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत संकलन भएको ११ करोड ३९ लाख ५७ हजार १५ रूपैयाँ संघीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए। बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने उनको भनाइ थियो। रासस 


प्रकाशित : बुधबार, साउन २४ २०८००७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend