शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

images
बुधबार, साउन २४ २०८०
images
वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म पुन: सुरु हुनेछ।

images
images

काठमाडौं- वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ। विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।

images
images
images

उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ। सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो। अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ। यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले बताए।

images
images


प्रकाशित : बुधबार, साउन २४ २०८००६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend