शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पहिरोले कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध, तत्काल सञ्चालनको सम्भावना न्यून

images
बुधबार, साउन २४ २०८०
images
पहिरोले कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध, तत्काल सञ्चालनको सम्भावना न्यून
फाइल तस्बिर

अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ। पहिरो पन्छाउन समस्या भएकाले तत्काल यो खण्ड सञ्चालन हुने सम्भावना कम रहेको जिप्रका नवलपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलले जानकारी दिए।

images
images

त्रिवेणी- अविरल वर्षासँगै खसेको पहिरोले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका-१ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भिरमा खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको हो।

images
images
images

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार पहिरोले करिडोर अवरुद्ध भएसँगै यस खण्डमा यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ। पहिरो पन्छाउन समस्या भएकाले तत्काल यो खण्ड सञ्चालन हुने सम्भावना कम रहेको उनको भनाइ छ।

images
images

कालीगण्डकी करिडोरअन्तर्गत नै गैँडाकोट-३ तरङ्खोलामा पानीको बहाव बढ्दा यातायात सेवा सञ्चालन हुन नसकेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। कालीगण्डकी करिडोर अवरुद्ध हुँदा नवलपुरका पहाडी क्षेत्रसहित यस खण्ड भएर पाल्पा, तनहुँ, स्याङ्जाका लागि छुट्ने कुनै पनि यातायात सञ्चालन हुन सकेका छैनन्।

images
images

दलदले-बुलिङटार सडकखण्डसमेत पहिरोको कारण अवरुद्ध भएको छ। गए राति परेको अविरल वर्षासँगै बुलिङटार-४ अर्खलामा खसेको पहिरोको कारण पूर्णरूपमा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। रासस


प्रकाशित : बुधबार, साउन २४ २०८००४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend