शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

बाढी-पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २४ २०८०
images
बाढी-पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध

डुम्रे-बेँसीसहर-चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी-कोरला सडकका विभिन्न खण्ड बन्द छन्। 

images
images

काठमाडौं- वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन्। आज बिहानसम्म तमोर करिडोर (चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक) सडक, भालुवाङ-लिवाङ-रोल्पा माडीचौर दारबोट सडक र धनगढी-बुडर-स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन्।

images
images
images

तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ। भालुवाङ-लिवाङ-रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड  अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।

images
images

तानसेन-रिडी-कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ। धनगढी-सहजपुर-बुडर-स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध छ। यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ। एक सय मिटर सडक भासिएको विभागले जनाएको छ। सडकको अवरोध हटाउन प्रयास भइरहेको छ।

images
images

बाढी-पहिराका कारण अवरुद्ध भएका सडकमध्ये हाल एकातर्फ ३४ सडक चालु रहेका छन्। डुम्रे-बेँसीसहर-चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी-कोरला सडकका विभिन्न खण्ड बन्द छन्। 


प्रकाशित : बुधबार, साउन २४ २०८००४:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend