शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सडक सञ्जालमा जोडियो सिन्धुपाल्चोकको दुर्गम तेम्बाथान गाउँ

images
मंगलबार, साउन २३ २०८०
images
सडक सञ्जालमा जोडियो  सिन्धुपाल्चोकको दुर्गम तेम्बाथान गाउँ

सडक निर्माण भएपछि स्थानीयवासीले दुई दिनभर ज्यान हत्केलामा राखेर भिर र खोलाको बाटो हिँडनुपर्ने बाध्यता हटेको छ।

images
images

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ तेम्बा थान गाउँ सडक सञ्जालसँग जोडिएको छ। सदरमुकाम चौताराबाट ६० किलोमिटर दुरीमा रहेको तेम्बाथान गाउँ यसअघि सडक सञ्जालसँग जोडिएको थिएन । 

images
images
images

सडक नभएकाले विकट हिमाली भेग तेम्बाथान, दिपु, तेगावासीले सुत्केरी र बिरामीलाई उपचारका लागि ऋण काढेरै भए पनि महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गरेर राजधानीका अस्पताल पुर्‍याउँदै आइरहेका थिए।

images
images

जुगल-३ मा निर्माणाधीन ३६ मेगावाट लक्ष्य बोकेको ब्रह्मायाणी जलविद्युत् आयोजनाले सात करोड रूपैयाँ खर्चेर आठ किलोमिटर मान्जेखोला-नेशमदोभान-तेम्बाथानदिपु सडक निर्माण गरेको वडाध्यक्ष लक्ष्मण दोङले जानकारी दिए।

images
images

उक्त गाउँभन्दा तीन सय मिटर दुरीमा आयोजनाको विद्युत् गृह, सुरुङलगायतका संरचना बन्दैछ। गाउँमै एम्बुलेन्स र सवारीसाधान आइपुग्ने भएपछि तेम्बाथानवासी खुसी भएका छन्।

यसअघि जलविरे, कात्तिके-तेम्बाथान १६ किलोमिटर यर्मालिङ र नेशमखोला छेउसम्म सडक पुगेको थियो। त्यसयता लक्याप, निमाडोमा, नेशम खोला जस्ता डरलाग्दा भिरको चट्टानी अवरोधका कारण ‘ब्लास्टिङ’ गर्दे अघि बढ्नुपर्ने भएकाले यर्मालिङ र नेशम खोलापारी सडक छिचोल्न सकिएको थिएन।

स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी सबैको समन्वयमा भिरको तल्लो भाग ‘ब्लास्ट’ गर्दै फुटाएर तेम्बाथानसम्म सडक पुर्‍याउन डेढ वर्ष लागेको ब्रह्मायाणी जलविद्युत् आयोजनाका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिए।

तेम्बाथान, दिपु, तेगा गाउँपुग्ने यो नै पहिलो र नयाँ सडक ट्र्याक हो। उक्त ट्र्याकलाई मर्मत सम्भार, कटिङ, ग्राभेलिङ, तीनवटा पुल बनाई स्तरोन्नति गर्दै अघि बढेको उनले बताए।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो सडक निर्माण भएपछि स्थानीयवासीले दुई दिनभर ज्यान हत्केलामा राखेर भिर र खोलाको बाटो हिँडनुपर्ने बाध्यता हटेको बताए। रासस


प्रकाशित : मंगलबार, साउन २३ २०८०१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend