आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नेपालको जलविद्युत उत्पादन क्षमता ७२ हजार ५ सय ४४ मेगावाट, एउटै नदीमा १८ वटासम्म आयोजना

बुधबार, साउन २४ २०८०
नेपालको जलविद्युत उत्पादन क्षमता ७२ हजार ५ सय ४४ मेगावाट, एउटै नदीमा १८ वटासम्म आयोजना

रन अफ दि रिभर (आरओआर) मात्रै ७२ हजार ५ सय ४४ मेगावाट उत्पादन क्षमता रहेको छ। स्टोरेजको अझै पूर्ण अध्ययान भएको छैन। स्टोरेज समेत प्रारम्भिक अध्ययानले १ लाख २० हजार मेगावाट क्षमता रहेको छ।

काठमाडौं- नेपालको अनुमानित जलविद्युत उत्पादन क्षमता ७२ हजार ५ सय ४४ मेगावाट रहेको एक अध्ययन देखाएको छ। रन अफ दि रिभर (आरओआर) मात्रै ७२ हजार ५ सय ४४ मेगावाट उत्पादन क्षमता रहेको छ। स्टोरेजको अझै पूर्ण अध्ययान भएको छैन। स्टोरेज समेत प्रारम्भिक अध्ययानले १ लाख २० हजार मेगावाट क्षमता रहेको छ। 

सबैभन्दा बढी कोशी प्रदेशमा २२ हजार ६ सय १९ मेगावाट उत्पादन क्षमता रहेको छ। दोस्रोमा गण्डकी प्रदेशमा १४ हजार ९ सय ८१ मेगावाट उत्पादन क्षमता रहेको अनुमान रहेको छ। 

तेस्रोमा कर्णालीमा १३ हजार ७ सय २ मेगावाट उत्पादन क्षमता रहेको अनुमान गरिएको छ। त्यसपछि चौथोमा बागमती प्रदेशमा १० हजार ५ सय ६८ मेगावाट उत्पादन क्षमता रहेको उल्लेख गरिएको छ।

यस्तै सुदूपश्चिम प्रदेशमा ७ हजार ७ सय २२ मेगावाट, लुम्बिनी प्रदेशको २ हजार ६ सय ७७ मेगावाट र मदेश प्रदेशको अनुमानित उत्पादन क्षमता २७५ मेगावाट रहेको उल्लेख छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ तथा नेपाल सरकारका विभिन्न निकायले गरेको अध्ययनले त्यस्तो देखाएको हो। 

1.JPG

कोशी प्रदेश बेसिन रिभरमा अरुण १ मा १३४ मेगावाट, अरुण २ मा १९७ मेगावाट, अरुण ३ मा ४६७ मेगावाट र अरुण ४ मा १७३ मेगावाट क्षमता रहेको छ। त्यस्तै अरुण ५ मा ७३७ मेगावाट, सप्तकोशी ८ हजार ८ सय ८१ मेगावाट, सुनकोशी १ मा ३ हजार ४१ मेगावाट, सुनकोशी २ मा १११ मेगावाट र तमोरमा १७ सय २ मेगावाट बिजुली उत्पादन क्षमता रहेको छ। 

2.JPG

दोस्रोमा गण्डकी बेसिनमा बुढीगण्डकी १ को २६९ मेगावाटसहित ८ आयोजना निर्माण गर्न सक्ने उल्लेख रहेको छ। जसमा सबैभन्दा ठूलो नारायणीमा ४ हजार ८ सय ५१ मेगावाट क्षमता रहेको छ।

4.JPG

कर्णाली बेसिनमा १८ आयोजना निर्माण गर्न सक्ने क्षमता रहेको छ। 

त्यस्तै नेपालमा सोलारमार्फत मात्रै २९ हजार ४ सय ११ मेगावाट उत्पादन गर्न सकिने उल्लेख छ। 

5.JPG

विद्युत उपभोक्ता संख्याको संख्या ५२ लाख २० हजार घरधुरी (९५ प्रतिशत) रहेको छ।

सरकारले उत्पादनमा लाग्नका लागि सबै प्रकारले सहजीकरण गर्ने हो भने १० वर्षभित्र नै ३० हजार मेगावाट उत्पादन गर्न सकिनेसमेत अध्ययनले देखाएको छ। जसमा आगामी आर्थिक वर्ष २०९०/९१ भित्रै ३० हजार मेगावाट उत्पादन गरेर वार्षिक ४ खर्ब ६५ अर्ब रुपैयाँ बिजुलीबाट मात्रै राज्यले आम्दानी गर्न सक्ने उल्लेख गरिएको छ। 

कुन नदीमा कति क्षमता? 

6.JPG

निजी क्षेत्रको हिस्सा बढ्दो

हाल राष्ट्रिय प्रसारण लाइनमा २ हजार ७ सय ९४ मेगावाट विद्युत पुगेको छ। जसमा निजी क्षेत्रबाट मात्रै १ हजार ६ सय ५५ मेगावाट उत्पादन भएका छन्। जसअनुसार ५९.२५ प्रतिशत हिस्सा निजी क्षेत्रको हो। 

नेपाल विद्युत प्राधिकरणले ६ सय ६१ मेगावाट उत्पादन गरेको छ। जसको हिस्सा २३.६५ प्रतिशत रहेको छ। त्यस्तै प्राधिकरणको सहायक कम्पनीमार्फत ४७८ मेगावाट उत्पादन भएको छ। जसको हिस्सा ११.१० प्रतिशत रहेको छ। अहिलेसम्म बिजुलीको पिक डिमान्ड दैनिक २ हजार १ सय ५० मेगावाट पुगेको छ।


प्रकाशित : बुधबार, साउन २४ २०८००४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend