शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

images
मंगलबार, साउन २३ २०८०
images
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो।  

images
images

चितवन- अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ। आज बिहान ५ः२० बजे खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ः२० बजेबाट सडकखण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको हो।

images
images
images

इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो। बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो।  

images
images

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पहिरो पन्छ्याएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्। यस सडकखण्डमा पटक पटक पहिरो खस्दै आएको छ। रासस

images
images


प्रकाशित : मंगलबार, साउन २३ २०८०१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend