शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

लम्पी स्किन संक्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे

images
मंगलबार, साउन २३ २०८०
images
लम्पी स्किन संक्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
images
images

कर्णाली- लक्पी स्किन संक्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशुचौपाया मरेको यहाँको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ।

images
images
images

निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीका अनुसार दुई लाख २७ हजार दुई सय ६७ बाच्छाबाच्छी, गाई, गोरु, भैँसी र चौरी संक्रमित भएमध्ये यही साउन २१ गतेसम्म प्रदेशका दश जिल्लामा १० हजार चार सय ५० पशुचौपाया मरेका हुन्।

images
images

'पछिल्लो समय कालीकोट, जुम्ला र डोल्पामा पनि लम्पी स्किनका कारण पशुचौपाया मरेका छन्', उनले भने। उनका अनुसार जाजरकोटमा २३ हजार ६५ पशुमा यो रोगको संक्रमण देखिएकोमा दुई हजार आठ सय ७७ मरेका छन्। साथै कालीकोटका २९ हजार पाँच सय ४१ संक्रमित पशुमध्ये एक हजार ५८ पशु चौपाया मरिसकेका छन्। हुम्लामा कुल १३ हजार पाँच सय ९८ पशु चौपाया संक्रमित भएकोमा प्राप्त एक हजार ९८३ मरिसकेका छन्।

images
images

पशु चिकित्सक डा सबिना मल्लका अनुसार सुर्खेतमा २९ हजार पाँच सय ४१ संक्रमित पशुमध्ये एक हजार ५८ र सल्यानमा ३४ हजार चार सय ७९ संक्रमित पशुमध्ये एक हजार २३ मरिसकेका छन्। साथै दैलेखमा ७५ हजार तीन सय ६६ संक्रमितमध्ये छ सय २१ पशु चौपाया मरिसकेका छन्। 

साथै जुम्लामा १४ हजार ४१ संक्रमितमध्ये पाँच सय ७३, डोल्पामा सात हजार पाँच सय २९ संक्रमितमध्ये पाँच सय ४३, रुकुम पश्चिममा १७ हजार छ सय ४१ संक्रमितमध्ये चार सय ६९ पशु मरिसकेका छन्। 

निर्देशक पंगेनीले बढ्दै गएको लम्पी स्किनको संक्रमण नियन्त्रण गर्न आवतजावतमा बन्द गरिएको र घाउ खटिरा आएका पशुमा मलहम लगाउने गरिएको बताए। साथै सबै जिल्लामा पशु प्राविधिक खटाइएको उनको भनाइ छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले लम्पी स्किन रोगबाट संक्रमित दुई लाख २७ हजार दुई सय ६७ पशुचौपायामध्ये एक लाख ५५ हजार एक सय १८ को उपचार गरिएको र १३ हजार ४६ मा खोप लगाइएको जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, साउन २३ २०८००९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend