आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

१८८ मेगावाट क्षमताको सुर्के दुधकोशी जलविद्युत आयोजनाको लागत ३१ अर्ब ४६ करोड

मंगलबार, साउन २३ २०८०
१८८ मेगावाट क्षमताको सुर्के दुधकोशी जलविद्युत आयोजनाको लागत ३१ अर्ब ४६ करोड

काठमाडौं- कोशी प्रदेशको सोलुखुम्बु पासाङल्हामु गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा सुर्के दुधकोशी जलविद्युत आयोजना निर्माण हुने भएको छ। १८८ मेगावाट क्षमताको आयोजना निर्माणमा ३१ अर्ब ४६ करोड लागत अनुमान भएको छ।

आयोजना निर्माणका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ।

आयोजना निर्माणको प्रस्ताव समिट पावर कम्पनी प्रालि रहेको छ। रन अफ रिभर प्रकृतिको जलविद्युत आयोजनाको बाँध क्षेत्र लुजाखोला र दुधकोशी नदीको दोभानबाट करिब ८० मिटर तल प्रस्ताव गरिएको छ।

आयोजनाको लागि १०.५ मिटर अग्लो र ४८.४ मिटर लम्बाईको बाँध निर्माण गरी ४०.२४ घनमिटर प्रतिसेकेन्ड पानीको बहावलाई इन्टेक गेट, ग्राभेल ट्रयाप हुँदै बालुवा थिग्राउने पोखरीसम्म पुर्‍याइने रिपोर्टमा उल्लेख छ।

आयोजनाले वातावरणीय प्रभाव न्यूनीकरण गर्नका लागि ३ करोड ९० लाख रुकम छुटाएको छ। आयोजनाको निर्माण अवधि ५ वर्षको हुने छ। 


प्रकाशित : मंगलबार, साउन २३ २०८००७:३५
  • सम्बन्धित विषय:

  • # #EIA


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend