शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सीआईबीले थाल्यो सुन प्रकरणको अनुसन्धान

images
सोमबार, साउन २२ २०८०
images
एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सीआईबीले थाल्यो सुन प्रकरणको अनुसन्धान

सुन प्रकरणको अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले सोम्बन्धी फाइल आइतबार सीआईबीलाई बुझाएको हो। आरोपी १७ जनालाई पनि आइतबारै सीआईबीको हिरासतमा सारिएको थियो।

images
images

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिकरुपमा अनुसन्धान थालेको छ।

images
images
images

आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सीआईबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिकरुपमा अनुसन्धान थालेको हो।

images
images

आरोपी १७ जनालाई पनि आइतबारै सीआईबीको हिरासतमा सारिएको थियो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले एसपी थापालाई अनुसन्धान तोकेर आवश्यक प्रक्रियाअघि बढाएको जानकारी दिए।

images
images

'अब थापा नेतृत्वको टोलीले मिसिलहरु अध्ययन गर्ने, उच्च अदालतमा पुगेको मुद्दाको जिल्ला अदालतबाट म्याद मिलान गर्ने तथा थप अनुसन्धानको काम थालेको छ', प्रवक्ता कडायतले भने।

यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए। उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर विभागले थप अनुसन्धानको जिम्मा सीआईबीलाई हस्तान्तरण गरेको हो। उक्त प्रकरणमा अब सीआईबीले आर्थिकलगायत संगठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्ने छ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक सु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो। उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ। अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई हाजिरी जामानीमा छाडिए पनि १७ जना हिरासतमा छन्। रासस


प्रकाशित : सोमबार, साउन २२ २०८०१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend