शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

तीन वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा, कुनलाई कति जरिवाना?

images
सोमबार, साउन २२ २०८०
images
तीन वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा, कुनलाई कति जरिवाना?

राष्ट्र बैंककले प्राईम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। नियामकीय निर्देशन तथा व्यवस्था कार्यान्वयन नगरेको भन्दै राष्ट्र बैंकले जरिवाना तथा सचेत गराएको छ। 

images
images
images

राष्ट्र बैंककले प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो। 

images
images

प्राइमले गएको वर्ष जारी गरिएको निर्देशनअनुसार कर्जा नोक्सानी व्यवस्थाअनुसार काम नगरेको, कृत्तिम जोखिमभार गणना गरेको र प्रिमियम बढाएर ब्याज अुसल गरेर फिर्ता नगरेको भन्दै राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ। 

images
images

त्यस्तै गएको माघमा कर्जा/निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६९४ रूपैयाँ जरिवाना तिराएको छ। 

हिमालयन बैंकलाई पनि गएको कात्तिकमा कर्जा/निक्षेप अनुपात कायम नगरेको भन्दै १ करोड ३९ लाख जरिवाना तिराइएको छ।  


प्रकाशित : सोमबार, साउन २२ २०८००९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend