मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नेपालकै पहिलो फोटोन विद्युतीय पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाई, सिंगल चार्जमा २८० किमिसम्म गुड्ने

सोमबार, साउन २२ २०८०
नेपालकै पहिलो फोटोन विद्युतीय पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाई, सिंगल चार्जमा २८० किमिसम्म गुड्ने

एकपटकको फुल चार्जमा २ सय ८० किलोमिटरसम्म रेन्ज दिने भएकाले मध्यम दुरीमा समेत उपयुक्त हुनेछ।  

काठमाडौं- नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको विद्युतीय पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाई गरेको छ। 

सम्झौताअनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यस पिकअप ट्रकको डेलिभरी एरामेक्सलाई गरेको हो। सिंगल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने यस विद्युतीय पिकअप ट्रक १४ सय किलोको भारबहन क्षमता रहेको कम्पनीले जनाएको छ । 

एसी, टच स्क्रिन, पावरविन्डोजस्ता प्रिमियम विशेषताका कारण यस विद्युतीय पिकअप ट्रक एकदमै लक्जरी रहेको कम्पनीको दाबी छ। सहरी क्षेत्रमा सामान ओसारपसार गर्न तथा कार्गो प्रयोजनका लागि उच्च विशेषताका कारण धेरै ग्राहकहरुको रोजाइमा रहेको कम्पनीले जनाएको छ।

यसका साथै एकपटकको फुल चार्जमा २ सय ८० किलोमिटरसम्म रेन्ज दिने भएकाले मध्यम दुरीमा समेत उपयुक्त हुनेछ।  

कम्पनीका सेल्स हेड नवीन आचार्यका अनुसार यी विद्युतीय पिकअप ट्रकको प्रयोगले राजमार्गहरूमा कार्बन उत्सर्जन कम गर्नुका साथै उपभोक्ताले डिजेल गाडीको तुलनामा कम लगानीमा बढीभन्दा बढी आम्दानी गर्न सक्ने बताएका छन्।

यसअघि कम्पनीले २ सय ३५ किलोमिटर रेन्जको विभिन्न कार्गो तथा १४ र १५ सिटर प्यासेन्जर भ्यान नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। पर्यावरण र ग्राहकको हितका लागि सदैव सक्रिय रहने कम्पनीको दाबी छ।


प्रकाशित : सोमबार, साउन २२ २०८००७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend