शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

तामाकोशी पुल निर्माण : जगै नहाली सकियो सम्झौता अवधि

images
सोमबार, साउन २२ २०८०
images
तामाकोशी पुल निर्माण : जगै नहाली सकियो सम्झौता अवधि

निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन्। फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भएको छ।

images
images

मन्थली- तामाकोशी पुल निर्माण गर्न ठेक्का सम्झौता अवधि सकिए पनि काम अझै सुरुवात भएको छैन। तीन वर्ष अवधिको सो पुलको सम्झौता यही असार मसान्तमा सकिएको हो।

images
images
images

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो। हालसम्म उक्त पुलको जगकै काम नभई म्याद सकिएको हो। पुल निर्माणका लागि तीन वर्षमा तीन मेसिनसम्म निर्माणस्थलमा झारिएको देखिएको छ। यसबाहेक अन्य प्रगति छैन।

images
images

निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन्। फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भएको छ। निर्माणस्थलमा झारिएका मेसिन महिनौँदेखि चलेका छैनन्। पुल निर्माणका लागि कालिका प्यासिफिक जेभीले ठेक्का सम्झौता गरेको थियो। उक्त जेभीले पुल निर्माण हुने स्थानमा केही मेसिन, औजार र रड झारेको भए पनि काम अघि बढाएको छैन।

images
images

रामेछापका तत्कालीन प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको बैठकले तामाकोशी पुलको निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीलाई तत्काल काम गर्न निर्देशन दिने निर्णय गरेको थियो। उक्त निर्णयबमोजिम निर्माण व्यवसायीलाई कारबाही प्रक्रियासमेत सम्बन्धित निकायले अघि बढाएको छैन।

मध्यपहाडी सडक आयोजनाका अनुसार पुल निर्माणको लागि सम्झौता गरेको निर्माण व्यवसायीलाई पटकपटक निर्माण थाल्नका लागि पत्राचार गरिएको छ। निर्माण व्यवसायीले भने अब गर्छु भनेर आलटाल गर्दै आइरहेका छन्। पुल निर्माणका लागि झारिएको फलामे डण्डी गुणस्तरीय हुनुपर्नेमा आयोजनाले जोड दिएको छ। रासस


प्रकाशित : सोमबार, साउन २२ २०८००५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend