शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

घरधनीलाई करको दायरामा ल्याउन लगत संकलन

images
आइतबार, साउन २१ २०८०
images
घरधनीलाई करको दायरामा ल्याउन लगत संकलन

गत वर्ष घरबहाल शीर्षकमा नगरपालिकाले ३० लाख ३५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। नयाँ आर्थिक वर्षमा यो शीर्षकमा ५५ लाख रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

images
images

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत संकलन गर्न थालेको छ। घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण संकलन गर्न थालेको हो।

images
images
images

नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको विवरण दाखिला गरी लगत कायम गर्न ३५ दिने सूचना जारी गरिएको बताए। 'घर जग्गा बाहलमा लगाउनेलाई करको दायरामा ल्याउन तीनवटा वर्गमा विभाजन गरिएको छ', उनले भने, 'तोकिएको समयमा विवरण नबुझाउने घरजग्गा धनीलाई विलम्ब शुल्क लाग्छ।'

images
images

यसअघिका वर्षमा बेनीका घरधनीले घरबहाल कर स्वेच्छिकरूपमा तिर्दै आएका थिए। नयाँ आर्थिक वर्षदेखि घरबहाल करलाई अनिवार्य गरिएको कर अधिकृत शर्माले बताए। स्वेच्छिकरूपमा घरबहाल कर बुझाउने घरधनी न्यून भएपछि धेरैलाई समेट्न नगरसभाबाट ऐन संशोधन र घरधनीको वर्गीकरण गरिएको हो।

images
images

संघसंस्था र कार्यालय प्रयोजनका लागि घरभाडामा लगाउनेले १० प्रतिशत, व्यावसायिक प्रयोजनको चार प्रतिशत र आवासीय प्रयोजनको दुई प्रतिशतको दरले बहाल कर तोकिएको छ। यसअघि सबैलाई १० प्रतिशतका दरले घरबहाल कर तोकिएको थियो। बैंक, वित्तीय संस्था, सहकारी, कार्यालय, संघसंस्थालाई घरभाडामा दिएका, वैदेशिक रोजगारी र आम्दानीको स्रोत प्रमाणित गर्ने प्रयोजनका क्रममा मात्र घरबहाल कर तिर्ने गरेका थिए।

गत वर्ष घरबहाल शीर्षकमा नगरपालिकाले ३० लाख ३५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। नयाँ आर्थिक वर्षमा यो शीर्षकमा ५५ लाख रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

घरबहाल कर नगरपालिकाले प्रदेश र संघीय सरकारसँग बाँडफाँट गर्नु नपर्ने आम्दानीको स्रोत हो। जिल्ला सदरमुकामसमेत रहेको बेनी बजार, गलेश्वर र तातोपानी क्षेत्रमा घरभाडामा लगाउने गरेका छन्।

घरबहाल कर तिर्ने नगरवासीको सङ्ख्या न्यून छ। मन्दिर, समिति, विद्यालय र संघसंस्थाले पनि घर तथा सटर भाडामा लगाएका छन्। तर बाध्यता परेको अवस्थामा मात्र घरबहाल कर तिर्ने गरेका छन्। घरधनीले तिर्नुपर्ने बहाल कर आफूहरूको थाप्लोमा पारेको व्यवसायीको गुनासो छ। रासस


प्रकाशित : आइतबार, साउन २१ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend