शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सीमा रक्षक कुतियाकवरवासी, जो राज्यको सुविधाबाट सधैँ वञ्चित छन्

images
शनिबार, साउन २० २०८०
images
सीमा रक्षक कुतियाकवरवासी, जो राज्यको सुविधाबाट सधैँ वञ्चित छन्

दोधारा चाँदनी-१० कुतियाकवरका बासिन्दालाई विभिन्न समस्याबाट पीडित छन्। उक्त गाउँ महाकाली नदी र जोगबुढा नदीको दोसाँधमा पर्छ। दुवै नदीका कारण बर्सेनि यहाँ बाढीको खतरा रहन्छ। हरेक बर्सातमा गर्ने नदी कटानका कारण बस्ती साँघुरिन पुगेको छ।

images
images

महेन्द्रनगर- कुनै बेला भौगोलिकरुपले अत्यधिक विकट थियो महाकाली पारीको दोधारा चाँदनी। महाकाली नदीमा झोलुंगे पुल नहुँदा आफ्नै देशका विभिन्न ठाउँ जान भारतको बनबासा भएर आवतजावत गर्नुपर्थ्यो। भारीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले बेलाबखतमा दुःख पनि दिने गरेका थिए। तर महाकाली नदीमा झोलुंगे पुल बनेपछि दोधारा चाँदनीका बासिन्दालाई धेरै राहत मिलेको छ।

images
images
images

अहिले महाकालीमा झोलुंगेसँगै चार लेनको पक्की पुल समेत बनेपछि चहलपहल ह्वात्तै बढेको छ। अझ प्रस्तावित सुक्खा बन्दरगाह बन्ने प्रक्रिया अघि बढ्दा दोधारा चाँदनीवासीलाई थप राहत मिल्ने छ। महाकाली नदीमा पुल नहुँदा भारतीय बाटो प्रयोग गरेर गड्डाचौकी हुँदै महेन्द्रनगर आउनुपर्ने विगतको बाध्यता अब इतिहासमा सीमित भइसक्यो। तर अहिले पनि दोधारा चाँदनीको सीमा बस्तीका बासिन्दा भने विभिन्न दुखः कष्ट सहेर जीवनयापन गरिरहेका छन्।

images
images

दोधारा चाँदनी-१० कुतियाकवरका बासिन्दालाई विभिन्न समस्याबाट पीडित छन्। दोधारा चाँदनीको दक्षिण सीमामा पर्ने भारतसित जोडिएको उक्त गाउँमा २०२२ सालको सेरोफेरोमा बस्ती बसेको हो। कुतियाकवरमा कुनै बेला एक सय ४५ परिवारको बसोबास रहे पनि हाल ४२ परिवार मात्रै बस्दै आएका छन्। उक्त गाउँ महाकाली नदी र जोगबुढा नदीको दोसाँधमा पर्छ। दुवै नदीका कारण बर्सेनि यहाँ बाढीको खतरा रहन्छ। हरेक बर्सातमा गर्ने नदी कटानका कारण बस्ती साँघुरिन पुगेको छ। तटबन्ध निर्माणका लागि ठोस पहल अझै नभएको स्थानीय टेकबहादुर सुनारले बताए।

images
images

'अहिले पनि जोगबुढा र महाकालीको मिलन बिन्दु छेउछाउमा बाढीले कटान गरेर धान खेती बगाइरहेको छ', उनले भने, 'सीमाको पहरेदारका रुपमा अभाव सहेर बस्यौँ। बाढीले कटान गर्दा बस्ती नै जोखिममा छ।'

दलित र विपन्न समुदायका नागरिकको बसोबास रहेको कुतियाकवरमा पक्की संरचनामा नाममा अहिले दातृ निकाय र नगरपालिकाको सहयोगमा बाढीबाट बच्न ‘सेफ हाउस’ बन्दैछ। यहाँ प्रायः घर कच्ची छन्।

'हामीलाई बस्तीमा बालबालिका पढाउन प्राविसम्मको स्कुल भइदिए पनि सहयोग पुग्थ्यो', स्थानीय भीमसिंह सुनारले भने, 'अहिले पनि झोलुंगे पुल तरेर जाँदा बाटो छेउको उखुबारीमा बाघ र स्यालको त्रास बालबालिकालाई जहिल्यै रहन्छ।'

विसं २०७४ मा जोगबुढा नदीमा झोलुंगे पुल बनेको हो। त्यसपछि बस्तीमा बिजुलीको प्रबन्ध गरिएको थियो। यि दुईबाहेक अन्य विकास निर्माणका काम यहाँ हुन नसकेको सुनारको भनाइ छ। 'यहाँको प्रमुख समस्या नै नदी कटान हो', उनले भने, 'नेताहरुको आश्वासनले मात्रै तटबन्ध बन्दैन।' शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारबाट पछि परेको कुतियाकवरका नागरिक मजदुरीका लागि भारतीय बजारमाथि निर्भर छन्।

'सीमामा थिचोमिचो सहेर पनि दशकौँदेखि रक्षक भएरै बस्दै आयौँ', सुनारले भने, 'झोलुंगे पुल बनेपछि आवागमनमा सहज भएको छ।' स्थानीयले भनेअनुसार नदी कटानको समस्या विगत पाँच दशकदेखिको हो। महाकाली नदीको दुवैतर्फ तटबन्ध निर्माण बेला बखतमा भए पनि कुतियाकवर क्षेत्रमा बाँकी नै छ।

दोधारा चाँदनी-१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवरवासी लामो समयदेखि राष्ट्रको सेवक भएर सीमा सुरक्षामा तैनाथ रहेको बताए। 'त्यो बस्ती सीमा संरक्षणका लागि पनि महत्वपूर्ण छ, त्यहाँको विकास निर्माणमा ध्यान दिन जरुरी छ, सुविधा पाए पो सीमाका रुक्षकका रुपमा बस्लान्, त्यसैले राज्यले यसमा ध्यान दिन जरुरी छ', उनले भने, 'तटबन्ध निर्माणका लागि बहुउद्देश्यीय ठेक्का गरिए पनि नदीमा पानीको सतह नघट्दा निर्माणमा समस्या छ।'

कुतियाकवरतर्फ एक हजार सात सय घनमिटर तटबन्ध निर्माणको ठेक्का गरिए पनि निर्माण कम्पनीको ढिलासुस्तीले काम रोकिएको उनले बताए। 'त्यहाँ निर्माण सामग्री ढुवानी गर्न समस्या छ', वडाध्यक्ष सिंहले भने, 'यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रमेश लेखकले कुतियाकवर जान पक्की पुल नै बनाउने बाचा गर्नुभएको छ।'

अझै पनि बस्तीमा अभावका बिच स्थानीयवासी आफ्नो दैनिकी चलाइरहेको वडाध्यक्ष सिंहले बताए। 'बस्ती मात्रै नभएको भए त्यो भूमि संरक्षण हुनेमा आशंका नै थियो', उनले भने, 'धेरै कष्ट झेलेर पनि कुतियाकवरवासीले बस्ती कुरिरहेकै छन्। उनीहरु सीमा स्तम्भ बनेर बसेका छन्।' बस्ती कटान र बर्सातका बेला डुबानमा पर्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष सिंहले कतिपय बेला बाढीबाट जोगिन आम्भोजतर्फ बसाइँ सर्ने गरेका छन्।

कुतियाकवरका बालबालिकालाई अध्ययनका लागि धेरै समस्या छ। उनीहरु पढ्न जोगबुढा नदी पारीको ओमकार आधारभूत विद्यालय धाउँछन्। बालबालिका आधी घण्टा हिँडेर आउजाउ गर्छन्। सोही विद्यालयमा कक्षा-७ मा अध्ययनरत मानव सुनारले घरबाट विद्यालय पुग्न निकै समस्या हुने गरेको बताए।

'जोगबुढा नदी पारी वन्यजन्तुको डर त्रास रहन्छ, बाघ र स्यालको बढी डर हुन्छ', उनले भने, 'झोलुंगे पुल नहुँदा त झन ढुंगा चढेर स्कुल आवतजावत गर्नुपर्ने बाध्यता थियो।' अभिभावकका भरमा विद्यालय जानुपर्ने बाध्यता रहेको सुनार बताउँछन्। रासस


प्रकाशित : शनिबार, साउन २० २०८०११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend