शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

उद्योगमा अनुगमन : साढे दुई लाख जरिवानासहित एक बेकरी सिल, तीन व्यावसायिक फार्मलाई तिराइयो १०/१० हजार जरिवाना

images
शनिबार, साउन २० २०८०
images
उद्योगमा अनुगमन : साढे दुई लाख जरिवानासहित एक बेकरी सिल, तीन व्यावसायिक फार्मलाई तिराइयो १०/१० हजार जरिवाना

हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरमा रहेको खश्बु बेकरी उद्योगमा सिलबन्दी गरिएको हो। दुई लाख ५० हजार रूपैयाँ जरिवाना गर्नुका साथै तीन दिनभित्र कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन समेत दिइएको छ।

images
images

बागमती- मकवानपुरमा अनुगमन समितिले जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरेको छ। यस क्रममा तोकिएको मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने एक बेकरी उद्योगमा सिलबन्दी गरिएको छ। यसका साथै तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही गरिएको छ।

images
images
images

जिल्ला प्रशासन कार्यालयसहित घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरमा रहेको खश्बु बेकरी उद्योगमा सिलबन्दी गरेको हो। सो उद्योगले नापतौल यन्त्रको अनुमतिपत्र नलिएको, उत्पादित खाद्यपदार्थमा लेबल नलगाएको, उद्योगमा सरसफाइ नगरेको र उत्पादित खाद्य सामग्रीको अनुज्ञापत्र नलिएको पाइएपछि टोलीले उद्योगमा सिलबन्दी गर्नुका साथै जरिवानासमेत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टीका शर्माले जानकारी दिए।

images
images

अनुगमन टोलीले सो उद्योगले गैरकानूनी तथा उपभोक्ता हितविपरीत काम गरेकाले दुई लाख ५० हजार रूपैयाँ जरिवाना गर्नुका साथै तीन दिनभित्र कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।

images
images

टोलीले बस्तीपुरस्थित सन्तोष किराना पसल, न्यू पराजुली स्टोर्स र दोर्जे सिन्तानको किराना तथा मासु पसललाई जनही १० हजार रूपैयाँका दरले जरिवाना गरेको छ। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीलगायत सहभागी थिए। रासस


प्रकाशित : शनिबार, साउन २० २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend