शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

ज्याला बढाउन चिया श्रमिकको माग

images
शनिबार, साउन २० २०८०
images
ज्याला बढाउन चिया श्रमिकको माग

बीस वर्षदेखि कार्यरत श्रमिकको रोजगारी, स्वास्थ्य, पेन्सन र सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ।

images
images

झापा- झापाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेलगायत माग राखेका छन्। चिया मजदुर आवद्ध संगठनले सो मागसँगै आज काँकडभिट्टामा प्रदर्शनसमेत गरेका छन्। 

images
images
images

श्रमिकको न्यूनतम पारिश्रमिक तथा पत्ति डबली वृद्धि, रोजगार सम्झौता, योगदानमा आधारित सामाजिक सुरक्षालगायत व्यवस्था लागु गर्नुपर्ने कृृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए। तीन वर्षदेखि चिया श्रमिकले न्यूनतम पारिश्रमिकसमेत नपाएको उनको भनाइ थियो।

images
images

श्रम ऐन, २०७४ मा श्रमिकले दैनिक पाँच सय ७७ रूपैयाँ ज्याला पाउने उल्लेख भए पनि बगान र प्रतिष्ठानमा कार्यरत श्रमिकले चार सय ३७ रूपैयाँ मात्र पाउँदै आएको उपाध्यक्ष राईले बताए। 'सरकारले तोकेको दैनिक ज्याला र सुविधा नपाउँदा चिया मजदुर भोकै पर्ने अवस्था आएको छ', उनले भने।

images
images

बीस वर्षदेखि कार्यरत श्रमिकको रोजगारी, स्वास्थ्य, पेन्सन र सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ। दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनुपर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नुपर्ने श्रमिकको माग छ। झापामा एक सय ३२ साना र ६९ ठूला तथा संस्थागत चिया बगानमा गरी ७० हजार श्रमिक कार्यरत छन्। जिल्लामा १० हजार हेक्टरमा चिया खेती हुने गरेको तथ्यांक छ। रासस


प्रकाशित : शनिबार, साउन २० २०८०१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend