मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुजुकी जिम्नी र फ्रोन्क्स देशभरका शोरुममा साउन २२ देखि उपलब्ध हुने

शुक्रबार, साउन १९ २०८०
सुजुकी जिम्नी र फ्रोन्क्स देशभरका शोरुममा साउन २२ देखि उपलब्ध हुने

कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको जनाएको छ।  जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँबाट र  फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने छ।  

काठमाडौं- नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको सुजुकीका दुई एसयूभी अब देशभरका सबै सुजुकी शोरुमहरुमा हेर्न र  टेस्ट ड्राइभ लागि उपलब्ध हुने छ। कम्पनीका अनुसार साउन २२ देशका शोरुमहरुमा उपलब्ध हुने भएको छ। 

साउन २२ मा सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स सार्वजनिक पनि गरिने कम्पनीले जनाएको छ। नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता सीजी होल्डिङसअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्सजेनले सो एसयूभीहरु बुकिङ २९ असारदेखि नै खुल्ला गरेको थियो।  

कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको जनाएको छ।  जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँबाट र  फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने छ।  

५-ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो। यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ। सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ। 

mahottari bhansar.jpg

यो एसयूभी एक समर्पित उन्नत फोरडब्लूडी प्रणाली, अल ग्रिम प्रोसँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्री लिंक रिजिड एक्सेल सेस्पेन्सनजस्ता अफ-रोड सुविधाहरू समावेश रहेको छ। अफ-रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू उपलब्ध रहेको छ। 

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो।  

‘द फेस अफ न्यू एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ। यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रधान गर्दछ। प्रिमियम डिजाइन, नयाँ युगको विशेषता, अत्याधुनिक सुरक्षित सुविधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन १९ २०८००५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend