आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १९ २०८०
images
तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो

भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन्। बरामद गरी भन्सारलाई बुझाइएका २ सय २० सवारीसाधन ३ करोड ४३ लाख मूल्यबराबरका रहेका छन्।

images
images

महोत्तरी- सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको ७ करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ। गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो।

images
images
images

भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ। सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९/८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको हो।

images
images

भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन्। बरामद गरी भन्सारलाई बुझाइएका दुई सय २० सवारीसाधन तीन करोड ४३ लाख मूल्यबराबरका रहेका छन्। यसैगरी २३ लाख ८२ हजारको पशुचौपाया तथा तीन करोड २३ लाख मूल्यबराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरिएको एसपी खनालले जानकारी दिए।

images
images

बरामद गरिएका अन्यमा रु एक करोड नौ लाख मूल्यबराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजारका कपडा, २८ लाख ३० हजारका चौँरी गाईका पुच्छर, २५ लाख ६३ हजारका इलेक्ट्रोनिक्स सामानलगायत छन्। रासस


प्रकाशित : शुक्रबार, साउन १९ २०८००४:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend