शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब १९ करोड, वितरणयोग्य कति? 

images
शुक्रबार, साउन १९ २०८०
images
सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब १९ करोड, वितरणयोग्य कति? 

बैंकको पुँजीकोष अनुपात पनि अघिल्लो आर्थिक वर्षको तुलनामा दबाबमा रहेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा १३ प्रतिशत रहेको पुँजीकोष गत आर्थिक वर्ष ०.४७ प्रतिशतले घटेर १२.५३ प्रतिशत कायम भएको छ।

images
images

काठमाडौं-सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको जानकारी गराएको छ। 

images
images
images

अघिल्लो आर्थिक वर्ष २ अर्ब ९० करोड खुद नाफा गरेको बैंकले गत वर्ष २९ करोड रुपैयाँ नाफा थप्न सफल भएको छ। गत आर्थिक वर्षको चौथौ त्रैमासमा मात्रै बैंकले १ अर्ब ७० करोड खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख गरिएको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८१ करोड ३९ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा खुद ब्याज आम्दानी बापत ६ अर्ब ९६ करोड आम्दानी गरेको बैंकले गत आर्थिक वर्ष ८ अर्ब १७ करोड गरेको छ।

images
images

गत आर्थिक वर्ष बैंकले १० अर्ब ७ करोड रुपैयाँ बराबरको संचालन नाफा गरेको छ। यस अवधिमा बैंकका अधिकांश सूचकहरु सकारात्मक देखिएका छन्। गत आर्थिक वर्ष बैंकको खराव कर्जा २.०१ प्रतिशत रहेको छ। बैंकको खराव कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा भने बढेको देखिन्छ। अघिल्लो आर्थिक वर्ष बैंकको खराव कर्जा १.०७ प्रतिशत रहेको थियो। 

images
images

यस्तै बैंकको पुँजीकोष अनुपात पनि अघिल्लो आर्थिक वर्षको तुलनामा दबाबमा रहेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा १३ प्रतिशत रहेको पुँजीकोष गत आर्थिक वर्ष ०.४७ प्रतिशतले घटेर १२.५३ प्रतिशत कायम भएको छ।

यस अवधिमा बैंकको कष्ट अफ फण्ड ७.८२ प्रतिशत, आधार दर ९.९१ प्रतिशत कायम भएको छ। बैंकले स्प्रेड दर राष्ट्र बैंकले तोकेको सिमाभन्दा पनि कम ३.९९ प्रतिशतमा कायम गरेको छ। यस अवधिमा बैंकसँग पर्याप्त मात्रामा कर्जा प्रवाह गर्ने क्षमता देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले कर्जा निक्षेप अनुपात(सिडी) ७७.१६ प्रतिशत कायम गरेको छ। बैंकको प्रति शेयर आम्दानी भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्ष १५.०५ प्रतिशत रहेको प्रति शेयर आम्दानी गत आर्थिक वर्ष घटेर १३.५६ प्रतिशत कायम भएको छ।

बैंकको यस अवधिमा वितरणयोग्य मुनाफा भने ७९ करोड ५७ लाख रुपैंयाँ मात्रै रहेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ३६ करोड रहेको वितरणयोग्य नाफा ४१.४९ प्रतिशतले घटेको छ। बैंकले नाफा नोक्सान विवतरण खाता अन्तर्गत क्यापिटल रिडेम्सेन रिजर्भ बापत १ अर्ब ४६ छुट्याएकाले बैंकको वितरणयोग्य नाफामा उल्लेखरुपमा कमी आएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष बैंकले यस कोषमाल ८६ करोड रुपैयाँ राखेको देखिन्छ। यस अवधिमा बैंकले सरकारलाई १ अर्ब ४ करोड रुपैयाँ  आयकर तिरेको छ।


प्रकाशित : शुक्रबार, साउन १९ २०८००३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend