शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

चाँगुनारायणको बजेट खर्च ८१ प्रतिशत

images
बिहीबार , साउन १८ २०८०
images
चाँगुनारायणको बजेट खर्च ८१ प्रतिशत

काठमाडौं उपत्यकाका २१ स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको छ। भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले भने विकास बजेट खर्चको लक्ष्य हासिल गर्न सकेनन्।

images
images

भक्तपुर- आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण नगरपालिका ८१ दशमलव २६ प्रतिशत बजेट खर्च गरेको छ। काठमाडौं उपत्यकाका २१ स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको छ।

images
images
images

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीका अनुसार नगरपालिकाले चालुतर्फ ८० करोड १० लाख ७७ हजार रूपैयाँ विनियोजन गरेकामा ६७ करोड २१ लाख दुई हजार (८३ दशमदव नौ प्रतिशत) र पुँजीगततर्फ एक अर्ब ३३ करोड ७२ लाख २७ हजार विनियोजन गरेकामा  एक अर्ब छ करोड ५५ लाख ६९ हजार रूपैयाँ (७९ दशमलव ६९ प्रतिशत) खर्च गरेको छ।

images
images

नगरपालिकाले चालु र पुँजीगततर्फ गरेर कुल दुई अर्ब १३ करोड ८३ लाख पाँच हजार रूपैयाँ विनियोजन गरेकामा कुल एक अर्ब ७३ करोड ७६ लाख ७२ हजार रूपैयाँ खर्च गरेको छ।

images
images

'चाँगुनारायण उपत्यकामै विकास बजेट बढी खर्च गर्ने स्थानीय तह बनेको छ', उनले भने। आर्थिक वर्ष सुरु हुनेबित्तिकै विकासका योजनालाई पूर्णता दिन बोलपत्र आह्वान गर्नेदेखि उपभोक्ता समिति गठन गरेर तीव्रगतिमा विकासका कार्यलाई अगाडि बढाउने गरेकाले विकासलाई तीव्रता र पूर्णता दिन सफल भएको प्रमुख खत्रीले बताए।

यसैगरी सूर्यविनायक नगरपालिकाले भने पुँजीगततर्फ एक अर्ब दुई करोड रूपैयाँ बजेट विनियोजन गरेकामा ६४ करोड ७६ लाख (६३ प्रतिशत) रकममात्र विकास बजेटतर्फ खर्च गरेको छ। त्यस्तै मध्यपुरथिमि नगरपालिकाले पुँजीगततर्फ एक अर्ब ११ करोड रूपैयाँ बजेट विनियोजन गरेकामा ६० करोड ११ लाख रूपैयाँ (५३ दशमलव ९९ प्रतिशत) खर्च गरेको छ।

यस्तै भक्तपुर नगरपालिकाले पुँजीगतर्फ ७३ करोड ५८ लाख रूपैयाँ बजेट विनियोजन गरेकामा ३९ करोड ९२ लाख ९० हजार रूपैयाँ (५४ दशमलव २७ प्रतिशत) खर्च गरेको छ। भक्तपुर जिल्लाका चार पालिकामध्ये विकास बजेट सबभन्दा कम खर्च गर्नेमा भक्तपुर नगरपालिका रहेको छ। भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले भने विकास बजेट खर्चको लक्ष्य हासिल गर्न सकेनन्।

आर्थिक वर्ष २०७९/८० मा पुँजीगततर्फ बजेट खर्चने उपत्यकाका २१ पालिकामध्ये ललितपुर जिल्लातर्फ ललितपुर महानगरपालिकाले ५५ प्रतिशत, गोदावरी नगरपालिकाले ६८ दशमलव १७ प्रतिशत, महालक्ष्मी नगरपालिकाले ४३ दशमलव १७ प्रतिशत, कोन्ज्योसोम गाउँपालिकाले ७८ दशमलव ३७ प्रतिशत, बागमती गाउँपालिकाले ७९ दशमलव ५९ प्रतिशत, महाँकाल गाउँपालिकाले ५६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेका छन्।

त्यस्तै काठमाडौं महानगरपालिकाले २५ दशमलव ८४ प्रतिशत, चन्द्रागिरि नगरपालिकाले ५९ दशमलव ६२ प्रतिशत, नागार्जुन नगरपालिका ४१ दशमलव २८ प्रतिशत, कीर्तिपुर नगरपालिकाले ५९ दशमलव ८६ प्रतिशत, टोखा नगरपालिकाले ६६ प्रतिशत, दक्षिणकाली नगरपालिकाले ७२ दशमलव ३३ प्रतिशत, शङ्खरापुर नगरपालिकाले ४६ दशमलव ५७ प्रतिशत, तारकेश्वर नगरपालिकाले ६७ दशमलव ३८ प्रतिशत, बूढानीलकण्ठ नगरपालिकाले ३८ प्रतिशत, कागेश्वरी-मनोहरा नगरपालिकाले ६० प्रतिशत तथा गोकर्णेश्वर नगरपालिकाले ६८ दशमलव दुई प्रतिशत विकास बजेट खर्च गरेका छन्। रासस


प्रकाशित : बिहीबार , साउन १८ २०८०१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend