शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सबैले इमान्दार भएर काम गरे राजस्वको लक्ष्य भेटिन्छ : अर्थमन्त्री महत

images
बिहीबार , साउन १८ २०८०
images
सबैले इमान्दार भएर काम गरे राजस्वको लक्ष्य भेटिन्छ : अर्थमन्त्री महत

मन्त्री डा. महतले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वभाविक भएको बताए त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताएका छन्।

images
images

वीरगन्ज- अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन्। बिहीबार सुक्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताएका हुन्। ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं’ मन्त्री डा. महतले भने।

images
images
images

मन्त्री डा. महतले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वभाविक भएको बताए त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए। तर, बजारमा प्रशस्त माल बस्तु छ, तर राजस्व घटिरहेको छ भने मन्त्री डा. महतले भने, ‘त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन्। हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौं अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दिएऔँ भने राजस्व कम उठ्छ।’

images
images

‘दोस्रो यहाँ हामी अनावश्यक झन्झट दिन्छौँ, जायज कुरालाई पनि यो भएन भन्छौँ, अरु खाले माग गरिराख्यौँ भने यो झन्झट व्यहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौँ’ मन्त्री डा. महतले भने, ‘त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ।’ 

images
images

‘जायज कुरालाई नजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रुपमा व्यवसायीले अर्को बाटो रोज्छन्’ मन्त्री डा. महतले भने, ‘राजस्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुन्छ। भन्सार नाकाभन्दा बाहिरबाट माल बस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ।’ ‘प्रविधिलाई अपग्रेट हुनुपर्छ। सुक्खा बन्दरगाहमा ठूलो मेसिन आयो, त्यो उपयोगमै आएन। किन आएन कसैलाई थाहा छैन, अरुले सहयोग नै गर्न चाहेनन्। यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो’ मन्त्री डा. महतले भने, ‘प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो। त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेट गर्न रिर्सोसको कमी हुँदैन, तर तपाईंहरुले सहयोग गर्नुपर्छ।’ 

मन्त्री डा. महतले भने, ‘म काम गर्न आएको हो, फाइदा उठाउन होइन । फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरो मनन गर्नुभयो भने राजस्वले लक्ष्य भेट्ने छ।'

राजस्वको लक्ष्य के  छ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन? कार्यालयको योजना के छ? यसको समाधान गर्ने बाटो के हुनसक्छ? मन्त्रालयसँग के अपेक्षा छ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा. महतले प्रष्ट पारे।

हाम्रो आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजस्वबाट प्राप्त हुन्छ। यो ८० प्रतिशतभन्दा बढी राजस्व हामीले भन्सार आन्तरिक राजस्वबाट उठाउनुपर्छ। यो राजस्वबाट झन्डै आधा अर्थात् ४८ प्रतिशत भन्सारबाट उठाउनुपर्छ। भन्सार योगदानको ४० प्रतिशत सुक्खा बन्दरगाह भन्सार र वीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुन्छ। यस हिसाबले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने बुझ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ।

‘राजस्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ। सुक्खा बन्दगाहमा के भइरहेको छ? वीरगन्ज भन्सार कार्यालयमा के भइरहेको छ? सबैले हेरिरहेका हुन्छन्। त्यहाँ त लक्ष्य प्राप्ति भएको छैन, हामीलाई मात्रै भन्ने? वीरगन्जमा हुनुपर्यो नि, सुक्खा बन्दगाहमा हुनुपर्यो? भनेर तपाईंहरुलाई भन्ने छन्’ मन्त्री डा. महतले भने, ‘त्यसकारण तपाईंहरु सजक रहनुहोस्।’


प्रकाशित : बिहीबार , साउन १८ २०८०११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend