आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मातातीर्थ-माल्टा ३३ केभी प्रसारण लाइन बनाउन बाटो खुल्यो, ४ हजार रुख काट्न स्वीकृति

बिहीबार , साउन १८ २०८०
मातातीर्थ-माल्टा ३३ केभी प्रसारण लाइन बनाउन बाटो खुल्यो, ४ हजार रुख काट्न स्वीकृति

काठमाडौं- लामो समयदेखि रोकिएको मातातीर्थ-माल्टा ३३ केभी प्रसारण लाइन निर्माणमा बाटो खुलेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मातातीर्थ-माल्टा ३३ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौं, ललितपुर र मकवानपुर क्षेत्रमा चार हजार रुख काट्न स्वीकृति दिएको छ। रुखकाट्न स्वीकृत दिएसँगै ३३ उपत्यकाकै महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा बाटो खुलेको हो।

आयोजनाको टावरप्याड र राइट अफ वेको निर्माणका लागि काठमाडौं, ललितपुर र मकवानपुर जिल्लामा रहेको राष्ट्रिय वन र वन क्षेत्रको कुल जम्मा २४.६७ हेक्टर जग्गा आगामी २० वर्षसम्म प्रयोग गर्न दिने र सो क्षेत्रबाट ४ हजार १७२ वटा रुखहरु हटाउन स्वीकृति दिने निर्णय गरेको हो।

योसँगै टुंगन ठोस्ने र खानीखोला जस्ता जलविद्युत आयोजनाबाट उत्पादित बिजुली माल्टा-मातातीर्थ ३३ केभी लाइनमार्फत काठमाडौंको मातातीर्थमा जोड्न सकिने गरी काम अघि बढ्नेछ। यो प्रसारण लाइन नहुँदा उत्पादित बिजुलीमा खरिद सम्झौताअनुसार काम हुन सकिरहेको थिएन। 

उपयुक्त प्रसारण लाइन नबनेका कारण ठूलो क्षमतामा विद्युत क्षति भइरहेको छ। प्रसारण लाइन नभएकै कारण आम्दानी गुमाउँदै जाने निजी क्षेत्रका आयोजनाहरू यसबाट लाभमा जान सक्छन्। 


प्रकाशित : बिहीबार , साउन १८ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend