शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

वडाले बीउ दिएपछि व्यावसायिक लसुन खेतीमा मुसिकोटका किसान, एक सिजनमा डेढ लाखसम्म आम्दानी

images
बिहीबार , साउन १८ २०८०
images
वडाले बीउ दिएपछि व्यावसायिक लसुन खेतीमा मुसिकोटका किसान, एक सिजनमा डेढ लाखसम्म आम्दानी

गत आवमा यहाँका किसानले ३५ लाख रूपैयाँको लसुन बिक्री गरेका छन्। वडाबाटै प्रतिकिलो एक सय १० रूपैयाँका दरले लसुन बिक्री गरिएको हो।

images
images

रुकुमपश्चिम- रुकुमपश्चिमको मुसिकोट नगरपालिकाले लसुनको बीउ उपलब्ध गराउन थालेपछि यहाँका किसानले व्यावसायिक लसुन खेती थालेका छन्।

images
images
images

मुसिकोट नगरपालिका-१० झ्याङका झुपलाल खड्का पनि आर्थिक वर्ष २०७५/७६ देखि वडा कार्यालयले लसुनको बीउ उपलब्ध गराउन थालेपछि उनी व्यावसायिक लसुन खेतीमा जुटेका छन्।

images
images

अहिले उनी वडाभित्र धेरै लसुन बिक्री गर्ने किसानमा सबैभन्दा अगाडि छन्। उनका अनुसार पछिल्लो एक सिजनमा लसुन बिक्रीबाट एक लाख ६१ हजार रूपैयाँ आम्दानी गरे। 'पहिले लसुन बिक्रीबाट यति राम्रो आम्दानी हुन्छ भन्ने थाहै थिएन', उनले भने, 'व्यावसायिक लसुन खेती गरेपछि भने राम्रो आम्दानी भइरहेको छ।' 

images
images

वडा कार्यालयले लसुनको व्यावसायिक खेतका लागि पहल गरेपछि यतिबेला वडा कार्यालयका अधिकांश लसुन खेतीमा लागेको उनको भनाइ छ। यतिबेला खड्कासँगै वडाको चौरका खिमबहादुर ओली, गलमपाटीकी सकुन्तला बुढालगायतले किसानले लसुन बेचेर राम्रो आम्दानी गरिरहेका छन्। व्यवसायी पनि लसुन खरिद गर्न घरमै आउने गरेका छन्। 

'हामीले फलाएको लसुन किन्न व्यापारी गाउँमै आउँछन्, बजारको कुनै पनि समस्या छैन', सकुन्तला बुढाले बताइन्। व्यापारीलाई किसानसम्म सम्पर्क गरिदिने काम भने वडा कार्यालयले गरेको छ। 

'आर्थिक वर्ष २०७५/७६ देखि किसानलाई व्यावसायिक रुपमा लसुन खेतीका लागि बीउ वितरण गरेका छौँ, त्यसपछि यसमा लाग्नेको संख्या बढेको छ', वडाध्यक्ष धनबहादुर खड्काले भने।

मुिसकोट नगरपालिका-१० लसुन खेतीको लागि राम्रो ठाउँ मानिन्छ। सुरुमा वडा कार्यालयले किसानका लागि लगानी गर्दै आए पनि पछिल्लो समयमा कृषि विकास कार्यालयले पनि वडामा लसुन उत्पादन बढाउन सहयोग गर्दै आएको छ।

चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत कृषि विकास कार्यालयले वडामा लसुन ब्लक र पकेट क्षेत्र घोषणा गरी काम गरिरहेको छ। लसुन उत्पादन बढाउनका चालु आवमा परियोजनाबाट रु १५ लाख बजेट विनियोजन भएको वडा अध्यक्ष खड्काले जानकारी दिए। उनका अनुसार वडाका किसानले गत आवमा साढे तीन सय क्विन्टल लसुन बिक्री गरेका थिए।

वडाका झ्याङ, झाँडारी, जुगेखोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला टोलमा उत्पादन भएका लसुन सदरमुकाम खलंगासहित जिल्ला बाहिर पनि पुग्ने गरेको छ। उनका अनुुसार गत आवमा यहाँका किसानले ३५ लाख रूपैयाँको लसुन बिक्री गरेका छन्। वडाबाटै प्रतिकिलो एक सय १० रूपैयाँका दरले लसुन बिक्री गरिएको हो। रासस


प्रकाशित : बिहीबार , साउन १८ २०८०१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend