काठमाडौं- सरकारले विश्व बैंकबाट दुई अर्ब ६२ करोड रूपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले खाद्य तथा पोषण सुधार कार्यक्रम-दोस्रोका लागि विश्व बैंकबाट सो रकम बराबर अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवकझ संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
यस्तै मन्त्रिपरिषद् बैठकले काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न रक्षामन्त्रीको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मन्त्री शर्माका अनुसार बैठकले पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय पनि गरेको छ।
बैठकले एसियाली विकास बैंकबाट १३ अर्ब १३ करोड रूपैयाँ बराबरको बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि पनि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टाेली गठन गर्ने निर्णय पनि गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १६ निर्णय :

