शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

कोशी प्रदेश प्रहरी कार्यालयले एक वर्षमा संकलन गर्‍यो ५२ करोड राजस्व

images
बिहीबार , साउन १८ २०८०
images
कोशी प्रदेश प्रहरी कार्यालयले एक वर्षमा संकलन गर्‍यो ५२ करोड राजस्व

भन्सार चोरी निकासीतर्फ अवैध रुपमा सामान चोरी निकासी गर्ने एक सयजना मानिस पक्राउ गर्नुका साथै २६ करोड ९८ लाख ३८ हजार नौ सय ८० रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

images
images

विराटनगर- कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ।

images
images
images

सो अवधिमा ५२ करोड १७ लाख ७८ हजार रूपैयाँ राजस्व संकलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा प्रगति विवरण प्रस्तुत गर्दै जानकारी दिए।

images
images

गत आवमा आठ हजार सात सय १९ विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कानूनी कारबाही भइरहेको तथा फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय एवं जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार चार सय ६६ जना फरार प्रतिवादी पक्राउ गरिएको र चार करोड २४ लाख १२ हजार रूपैयाँ राजस्व संकलन भएको प्रहरी प्रमुख बाँस्तोलाले जानकारी दिए।

images
images

यसैगरी भन्सार चोरी निकासीतर्फ अवैध रुपमा सामान चोरी निकासी गर्ने एक सयजना मानिस पक्राउ गर्नुका साथै २६ करोड ९८ लाख ३८ हजार नौ सय ८० रूपैयाँ राजस्व संकलन भएको जनाइएको छ।

यस्तै नदीजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने ७४ व्यक्ति र तीन सय ३३ नदीजन्य पदार्थ उत्खनन गर्ने तथा ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३९ लाख २८ हजार पाँच सय ३५ रूपैयाँ राजस्व संकलन भएको, अवैध काठ चोरी निकासी गर्ने ३८ व्यक्ति पक्राउ गरी पाँच हजार नौ सय ६१ क्यूफिट काठ बरामद गरी एक करोड ३१ लाख ४५ हजार रूपैयाँ राजस्व संकलन भएको बताइएको छ।

ट्राफिक व्यवस्थापन तर्फ सोही वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने तीन लाख एक हजार सात सय ४९ सवारी साधनलाई कारबाही गर्दा २३ करोड ४८ लाख ६६ हजार रूपैयाँ राजस्व संकलन भएको तथा लागुऔषध नियन्त्रण तर्फ गाँजा पाँच हजार आठ सय १५ किलो, अफिम २७ ग्राम ६८ मिलिग्राम, ब्राउनसुगर दुई किलो ७९ ग्राम आठ सय ४९ मिलिग्राम, विभिन्न मनोद्विपक क्याप्सलु २७ हजार छ सय १८, मनोद्धिपक एम्पुल १० हजार एक सय ७५ र मनोद्धिपक औषधि तीन सय १७ क्याप्सुल नियन्त्रण गरिएको तथा एक हजार सात सय ६३ रोपनी क्षेत्रफलमा लगाइएको छ लाख ७५ हजार तीन सय १४ बोट गाँजा नष्ट गरिएको छ।

प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले गएकै वर्षमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशभरी विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिई १० लाख ३१ हजार तीन सय ५१ जना लाभान्वित भएको बताए। रासस


प्रकाशित : बिहीबार , साउन १८ २०८००९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend