शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सामाजिक सुरक्षा भत्तामा अनियमिता गर्ने वडा सचिवलाई कारबाही गर्न सिफारिस

images
बिहीबार , साउन १८ २०८०
images
सामाजिक सुरक्षा भत्तामा अनियमिता गर्ने वडा सचिवलाई कारबाही गर्न सिफारिस

वडा सचिव सरस्वती आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० रूपैयाँ हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ।

images
images

बेनी- म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमिता गरेपछि गाउँपालिकाले कारबाहिका लागि सिफारिस गरेको छ।

images
images
images

वडासचिव आचार्यले लाभग्राहीको चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो।

images
images

गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका सामाजिक विकास समिति संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नं १ का वडा सदस्य बलमान गौचन र पञ्जीकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। साउन २५ गतेदेखि छानबिन समितिले छानबिन गरेको र छानबिनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाण संकलन भएको संयोजक शेरपुञ्जाले जानकारी दिए।

images
images

उक्त समितिले ७० पृष्ठ लामो प्रतिवेदन तयार गरी बुधवारको कार्यपालिका बैठकमा पेस गरेको थियो। कार्यपालिका बैठकले छानबिन समितिको निष्कर्षका आधारमा वडासचिव आचार्यले सामाजिक सुरक्षा भक्तामा अनियमितता गरेको भेटिएको भन्दै आवश्यक कारबाहीका लागिसम्बन्धित मन्त्रालय र निकायमा सिफारिससहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए।

वडासचिव आचार्यले सामाजिक सुरक्षा पाउने बेगका टीकामा पुर्जा, रमायाँ फगामी पुन, लालमाया फगामी  पुन र विन्दु गर्वुजाको भत्ता रकम आफ्नै हस्ताक्षर र औँठा छाप लगाएर लिनाका साथै मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भक्तासमेत आफैले झिक्ने गरेको भेटिएको थियो।

वडा सचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० रूपैयाँ हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ।

उजुरीपछि आचार्यलाई वडा सचिबबाट फिर्ता बोलाएर गाउँपालिकामा हाजिर गराइएको थियो। लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीलाई कारबाही गर्ने अधिकार स्थानीय तहलाई नभएकाले आवश्यक छानबिन गरेर कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिससहित पठाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भवबादुर भण्डारीले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , साउन १८ २०८००९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend