शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

म्याग्दीमा ८८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार

images
बिहीबार , साउन १८ २०८०
images
म्याग्दीमा ८८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार
फाइल तस्बिर

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय १९ अथवा ६३ प्रतिशतमा खेती भएको छ। कुल ११ हजार तीन सय ५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ।

images
images

म्याग्दी- म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७९/८० मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको जानकारी दिएको छ।

images
images
images

कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले ३१ वटा योजनामार्फत ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको बताए। 'म्याग्दीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,' उनले भने, 'सिँचाइ सुविधा भएपछि आकासे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ।'

images
images

कार्यालयका सब इन्जिनियर अञ्जन खत्रीले गत आर्थिक वर्षमा सात हजार तीन सय ३० मिटर पक्की नहर निर्माण र १४ हजार तीन सय १८ मिटर पाइपलाइन जडान भएको जानकारी दिए। ती योजनाबाट तीन हजार एक सय ५७ जना किसान लाभान्वित भएका उनको भनाइ छ।

images
images

गत आर्थिक वर्षमा कुल १६ करोड ३६ लाख दश हजार रूपैयाँ पुँजीगत बजेट भएको खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन म्याग्दीले १२ करोड ८५ लाख ८० हजार ६ रूपैयाँ खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। 

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय १९ अथवा ६३ प्रतिशतमा खेती भएको छ। कुल ११ हजार तीन सय ५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ।

खेती भएकोमध्ये ३० दशमलव ८४ प्रतिशत अथवा छ हजार १३ हेक्टरमा सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले बताए। 'एक हजार छ सय १३ हेक्टरमा बाह्रै महिना र चार हजार तीन सय ३३ हेक्टरमा मौसमी सिँचाइ सुविधा छ,' उनले भने, 'खेती भएकोमध्ये ६९ दशमलव १६ प्रतिशत अथवा १३ हजार चार सय ८५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छैन्।' केन्द्रमार्फत गत आवमा निर्माण भएका १५ वटा साना सिँचाइ आयोजनामार्फत एक हजार सात सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ।

एउटा पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर सिँचाइ सुविधा विस्तार गरिएको केन्द्रका प्रमुख किरण सिग्देलले बताए। यसबाट तीन सय घरधुरी किसान लाभान्वित भएका छन्। 'साना सिँचाइ कार्यक्रममार्फत १५ वटा समूहलाई २७ लाख नौ हजार रूपैयाँ अनुदान उपलब्ध गराइएको छ,' सिग्देलले भने, 'केन्द्रको ९० प्रतिशत अनुदान र किसान समूहको १० प्रतिशत श्रमदानमा सिँचाइ योजना निर्माण भएका हुन्।' रासस


प्रकाशित : बिहीबार , साउन १८ २०८००९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend