शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

ललितानिवास प्रकरण : ७ आना जग्गा फिर्ता गर्ने सर्तमा छुटिन् सिपिका

images
बिहीबार , साउन १८ २०८०
images
ललितानिवास प्रकरण : ७ आना जग्गा फिर्ता गर्ने सर्तमा छुटिन् सिपिका

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो।

images
images

काठमाडौं- ललिता निवास प्रकरणमा पक्राउ परेकी जग्गाधनी सिपिका खेतान हाजिरी जमानीमा छुटेकी छिन्। जग्गा किर्तेमा खेतानको संलग्नता नभए पनि जग्गाधनीका हैसियतमा पक्राउ परेकोमा बुधबार छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएको छ।

images
images
images

ललितानिवास क्याम्पभित्र ७ आना ३ पैसा जग्गा पाएकी सिपिकाले आफ्नो नाममा रहेको जग्गा सरकारको नाममा फिर्ता गर्ने भन्दै मालपोत कार्यालय, गृह मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्यूरो लगायतमा निवेदन दिएपछि जग्गा फिर्ता गर्ने सर्तमा उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

images
images

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। १ सय ४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको थियो। जग्गा हिनामिनामा प्रत्यक्ष रूपमा संलग्न नभएका र पछि जग्गा खरिद गर्नेको हकमा जग्गा फिर्ता गरेमा अभियोग दायर नगर्ने प्रहरीको तयारी छ। यस्ता अन्य ६० जनाभन्दा बढी व्यक्तिहरू रहेको बताइएको छ। 

images
images

उक्त घटनामा प्रहरीले विगत एक महिनादेखि दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। कीर्ते तथा सङ्गठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा विभिन्न व्यक्ति पक्राउ परेका छन्। 


प्रकाशित : बिहीबार , साउन १८ २०८००८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend