शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

कास्कीमा लम्पी स्किन संक्रमणबाट ६१९ पशुचौपाया मरे, १८ हजार बढी संक्रमित

images
बिहीबार , साउन १८ २०८०
images
कास्कीमा लम्पी स्किन संक्रमणबाट ६१९ पशुचौपाया मरे, १८ हजार बढी संक्रमित

कास्कीमा हालसम्म १६ हजार तीन सय ५४ पशुलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ।

images
images

गण्डकी- कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको संक्रमण देखिएको छ। तीमध्ये तीन हजार सात सय ७६ बाच्छाबाच्छी, १२ हजार दुई सय ७८ गाई, एक हजार सात सय २८ गोरु, १४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिए।

images
images
images

संक्रमणबाट हालसम्म छ सय १९ पशुचौपाया मरेको बताउँदै उनले सबैभन्दा बढी संक्रमण गाईमा हुने गरेको जानकारी दिए।

images
images

जिल्लामा हालसम्म १६ हजार तीन सय ५४ पशुलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ। प्रमुख पाण्डेका अनुसार यो रोग विशेषतः गाई, गोरु, राँगाभैँसी, पाडापाडी र बाच्छबाच्छीमा लाग्छ। पछिल्ला समयमा जिल्लामा लम्पी स्किन रोगको सङ्क्रण घट्दो क्रममा रहेको प्रमुख पाण्डेले जानकारी दिए। रासस

images
images


प्रकाशित : बिहीबार , साउन १८ २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend