आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

३५.५२ मेगावाट क्षमताको ब्रह्यायणी जलविद्युत् आयोजना निर्माण हुने, लागत कति?

बिहीबार , साउन १८ २०८०
३५.५२ मेगावाट क्षमताको ब्रह्यायणी जलविद्युत् आयोजना निर्माण हुने, लागत कति?

आयोजनाको वार्षिक उर्जा उत्पादन २१६.६६ गिगावाट रहेको छ।

काठमाडौं- बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा ३५.५२ मेगावाट क्षमताको ब्रह्यायणी जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजना निर्माणका लागि आवश्यक वातावणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ।

वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ। आयोजनाको लागत ७ अर्ब २ करोड हुने अनुमान गरिएको छ।

ब्रह्यायणी हाइड्रोपावर कम्पनी प्रालि प्रस्ताव रहेको आयोजना जगुल गाउँपालिकामा निर्माण हुने छ। आयोजनाको लगन हेडवक्‌र्स लगन खोलाको दायाँ किनारमा लदन बेँसीमा अवस्थित लगन खोला र न्याम्या मसाल खोलाको संगमस्थलबाट ५ सय मिटर माथिल्लो तटीय क्षेत्रमा रहेको छ।

आयोजना रन अफ द रिभर प्रकृतिको हो। वेयर, अन्डरस्लुइस, इन्टेक, ग्राभेल, ट्रयाप, एप्रोच क्यानल, सेटलिंग बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज  साफ्ट, प्रेशर टनेल, पेनस्टक पाइप, विद्युत गृह, टेलरेस तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य संरचनाहरु हुन्।

आयोजनाको डिजाइन डिस्चार्ज ७.९५ घनमिटर प्रतिसेकेन्ड र नेट हेड ५३९.१४ मिटर रहनेछ। आयोजनाको वार्षिक उर्जा उत्पादन २१६.६६ गिगावाट रहेको छ।


प्रकाशित : बिहीबार , साउन १८ २०८००६:३९
  • सम्बन्धित विषय:

  • # #EIA


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend