आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

३ अर्बको लागतमा सिन्धुपाल्चोकमा अप्पर ब्रह्यायणी जलविद्युत् आयोजना निर्माण हुने

बिहीबार , साउन १८ २०८०
३ अर्बको लागतमा सिन्धुपाल्चोकमा अप्पर ब्रह्यायणी जलविद्युत् आयोजना निर्माण हुने

प्रस्तावित आयोजना सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल गाउँपालिकामा प्रस्ताव गरिएको हो।

काठमाडौं- बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अप्पर ब्रह्यायणी जलविद्युत् आयोजना निर्माण हुने भएको छ। १५.१५ मेगावाट क्षमताको आयोजनाको लागत २ अर्ब ९४ करोड रहने अनुमान गरिएको छ।

आयोजनाको निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ। प्रस्तावित आयोजना सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल गाउँपालिकामा प्रस्ताव गरिएको हो।

यो आयोजना आरओआर प्रकृतिको हो। आयोजनाको ग्रस हेड ४६३ मिटर रहेको छ। डिजाइन डिस्चार्ज ४.०२ घनमिटर प्रतिसेकेण्ड रहेको छ। वेयर, अन्डरस्लुइस, इन्टेक, ग्राभेल, ट्रयाप, एप्रोच क्यानल, सेटलिंग बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज  साफ्ट, प्रेशर टनेल, पेनस्टक पाइप, विद्युत गृह, टेलरेस तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य संरचनाहरु हुन्।

प्रस्तावित आयोजनाले वार्षिक ८९.०४९ गिगावाट ऊर्जा उत्पादन गर्ने रिपोर्टमा उल्लेख छ। आयोजनाका संरचनाहरु न्याम्या मसाल खोलाको दायाँ किनारामा रहनेछ। आयोजना जुगल गाउँपालिकाको वडा नम्बर २ र ३ मा रहनेछ। 

आयोजनाका लागि कुल ६.६ हेक्टर सरकारी जग्गा आवश्यक पर्नेछ। जसमा ४.१६ हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्जको र २.४४ हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत व्यवस्थापन गरिएको खोला बगर प्रयोग हुने छ।


प्रकाशित : बिहीबार , साउन १८ २०८००६:१८
  • सम्बन्धित विषय:

  • # #EIA


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend