शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

नेपालगञ्ज उपमहानगरका दुई वडामा आवास जोखिम बीमा लागु, १५ लाख रूपैयाँसम्म उपलब्ध गराउने

images
बिहीबार , साउन १८ २०८०
images
नेपालगञ्ज उपमहानगरका दुई वडामा आवास जोखिम बीमा लागु, १५ लाख रूपैयाँसम्म उपलब्ध गराउने

जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागु गर्न लागिएको हो।

images
images

जानकी- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागु गर्ने भएको छ। उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नं ७ मा पाँच सय ३७ आवासमा जोखिम बीमा लागु गर्न लागिएको हो।

images
images
images

बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर वडा नं ३ र ७ मा बढी भएको हुँदा सुरुवाती चरणमा यिनै वडालाई छनोट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए। उनले भने, 'नगरभित्र अन्य वडाका घर जोखिममा नभएका होइन तर हामीले सुरुवाती चरणमा ३ र ७ लाई लिएका छौँ, बीमा शुल्कबापत नगरले १५ लाख रूपैयाँसम्मको रकम उपलब्ध गराउनेछ।'

images
images

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडामा २० टोलमा सहरी विपद् र भूकम्पको बुझाइको अवस्था थाहा पाउन लक्षित समूह छलफललगायतका क्रियाकलाप गर्दै अगाडि बढेको जानकारी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए।

images
images

'अहिले अनुमानित रुपमा आठ सय घर मात्र लिएका छौँ। यो संख्या बढ्न पनि सक्छ', उनले भने, 'घनत्व बढी भएका भवन आचारसंहिताभन्दा अघि बनेका घर तथा भवनको विद्युत् आचारसंहिता नभएका घरलाई पहिलो प्राथमिकतामा राखेका छौँ।'

जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागु गर्न लागिएको हो। रासस


प्रकाशित : बिहीबार , साउन १८ २०८००५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend