शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

कुल नाफा घटेपनि ब्याज आम्दानी बढेको कामना सेवाको अन्य सूचक कस्ता छन् ?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १८ २०८०
images
कुल नाफा घटेपनि ब्याज आम्दानी बढेको कामना सेवाको अन्य सूचक कस्ता छन् ?

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज, सञ्चालन खर्च तथा गैरसञ्चालन खर्च बढेपछि बैंकको नाफा घट्न पुगेको हो।

images
images

काठमाडौं- कामना सेवा विकास बैंकको नाफा २६ प्रतिशतले घटेको छ। कामना सेवा  विकास बैंककले आर्थिक वर्ष २०७९/८० मा ४३ करोड ११ लाख नाफा कमाएको छ जुन गत वर्षको भन्दा २६ प्रतिशतले न्यून हो। 

images
images
images

अघिल्लो आर्थिक वर्ष ५९ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

images
images

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज, सञ्चालन खर्च तथा गैरसञ्चालन खर्च बढेपछि बैंकको नाफा घट्न पुगेको हो।

images
images

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशत बढेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी १२.९२ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४.५५ प्रतिशत र सञ्चालन नाफा २०.०५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.३१ प्रतिशतबाट २.९८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ५० करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य नाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १ रुपैयाँ ७७ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.८८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ।

३ अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १५.६० प्रतिशत बढेको छ भने कर्जा लगानी ३.६६ प्रतिशत बढेको छ।


प्रकाशित : बिहीबार , साउन १८ २०८००३:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend