शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

केन्द्रीय विजक प्रणालीमा जोडिए २ हजार ८ सय ५ करदाता 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १७ २०८०
images
केन्द्रीय विजक प्रणालीमा जोडिए २ हजार ८ सय ५ करदाता 

क्रमशः साना खुद्रा पसलसम्मको कारोबारलाई रियल टाइममा ल्याउने दीर्घकालीन लक्ष्य लिएको विभागका लागि खुद्रा पसल चुनौतीका रुपमा छन्। विशेषगरी काठमाडौंमा रहेका ठूलो कारोबार गर्ने फेसन रिटेल यो प्रणालीमा जोड्न कठिन हुने छ।

images
images

काठमाडौं- आन्तरिक राजस्व विभागको केन्द्रीय विजक अनुगमन प्रणाली (सीबीएम) मा २ हजार ८०५ करदाता  सँग जोडिएका छन्।आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र २ हजार १ सय करदाता यो प्रणालीमा जोडिएका छन्। 

images
images
images

बर्सेनि ३५ करोड रुपैयाँ बढीको कारोबार गर्ने करदाता र अन्य तोकिएका करदाता जोडिनैपर्ने व्यवस्था रहेको छ। 

images
images

करदाताको कारोबारलाई रियलटाइम अनुमगन गर्ने लक्ष्यसहित २०७५ सालदेखि सुरु भएको यो प्रणालीमा हालसम्म वार्षिक ३५ करोड कारोबार हुनेहरू जोडिँदै आएका छन्।  १० करोड बढी कारोबार गर्ने सबै करदातालाई यो प्रणालीमा जोड्दै जाने विभागले लक्ष्य लिएको छ। 

images
images

सुरुमा डिपार्टमेन्टल स्टोरका कारोबार यो प्रणालीमा जोडिएका थिए। त्यसपछि होटल हुँदै ठूलो कारोबार हुने करदाता जोडिँदै आएका थिए। 

करदाताको वास्तविक कारोबार वास्तविक समयमा थाहा पाइ सही कर निर्धारण गर्ने उद्देश्यबाट सुरू गरिएको यो कार्यक्रममा अहिलेसम्म  वार्षिक ८० करोड बढीको कारोबार गर्ने प्राय सबै जोडिएका छन्। 

विद्युतीय बिलिङ प्रणालीमा जोडिएकाजति सबैलाई सीबीएमएसमा जोड्ने नीतिमा विभाग जाने भएको छ। गत वर्षदेखि नै सरकारले वार्षिक १० करोड रुपैयाँमाथिको कारोबार गर्ने कम्पनीका लागि अनिवार्य विद्युतीय बिजकको व्यवस्था गरेको छ। सुरूमा वर्षमा ८० करोडमाथिको कारोबार गर्नेका लागि अनिवार्य गरिएको यो व्यवस्था यसअघि ३५ करोडको कारोबारमा अनिवार्य गरिएको थियो।  निश्चित तोकिएका केही व्यवसायका लागि १० करोडको कारोबार गर्नेले पनि यसमा जोडिनुपर्ने थियो। 

करदाताहरूले बिलिङ गरेकै समयमा  विभागको प्रणालिमा  रियल टाइम  रिपोर्टिङ हुने भएकोले यसबाट करदाता र सरकार दुबैलाई फाइदा हुनेछ। करदाताको वास्तविक कारोबार विभागले थाहा पाउने भएकोले सरकारलाई कर निर्धारण र संकलनमा कुनै अप्ठ्यारो हुँदैन भने करदाताको कारोबार पारदर्शी भएकोले प्रशासनसँग कुनै पनि उल्झनमा पर्न पर्दैनन्।

क्रमशः साना खुद्रा पसलसम्मको कारोबारलाई रियल टाइममा ल्याउने दीर्घकालीन लक्ष्य लिएको विभागका लागि खुद्रा पसल चुनौतिका रुपमा छन्। विशेषगरी काठमाडौंमा रहेका ठूलो कारोबार गर्ने फेसन रिटेल यो प्रणालीमा जोड्न कठिन हुने छ।

बजारको कारोबारलाई प्रत्यक्ष निगरानी गर्ने दुइटा प्रणाली रहेका छन्। कर प्रशासन र करदाताको सफ्टवेरलाई जोडेर गरिने निगरानी एउटा हो। जुन आन्तरिक राजस्व विभागले सुरू गरेको छ।

अर्को पोइन्ट अफ सेल्स(पिओएस) मेसिनहरू हरेक पसलमा राख्ने र त्यसको कनेक्सन करदाता कार्यालयमा गर्ने र करदाता कार्यालयले प्रमाणित गरेको पिओएसबाट विलिङ गर्ने प्रणाली रहेका छन्।


प्रकाशित : बुधबार, साउन १७ २०८०१२:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend