शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

निर्माण व्यवसायीहरूको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

images
बुधबार, साउन १७ २०८०
images
निर्माण व्यवसायीहरूको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा चलिरहेका महासंघले जनाएको छ। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्वारा विभिन्न माग राखि भइरहेको आन्दोलनप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ।  

images
images
images

कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाईले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको उद्योग वाणिज्य महासंघको भनाइ छ।  

images
images

व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुँदा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुँदा त्यसतर्पm सरकार सम्वेदनशील हुनु जरुरी रहेको महासंघले उल्लेख गरेको छ।  

images
images

‘विकास निर्माण र सर्वसाधारणको जीवनयापनसँग समेत जोडिएका परियोजना रोकिदा सरकारको पुँजीगत खर्च हुन सकेको छैन भने जनताले पनि सुविधा पाउन सकेका छैनन्’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत वर्ष पुँजीगत खर्च जम्मा ६१ प्रतिशत भएको छ। यसले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश गएको छैन।’ 

निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तीय संस्था, सिमेन्ट, छडजस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजस्वमा पनि गम्भीर असर परेको महासंघको भनाइ छ।

राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा चलिरहेका महासंघले जनाएको छ। 

अतः विभिन्न माग राखी आन्दोलित निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार समक्ष आग्रह गरेको छ। 


प्रकाशित : बुधबार, साउन १७ २०८०१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend