शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

नक्कली बिजकबाट कारोबार, १ हजार ९८६ करदातामाथि अनुसन्धान गर्दै आन्तरिक राजस्व 

images
बुधबार, साउन १७ २०८०
images
नक्कली बिजकबाट कारोबार, १ हजार ९८६ करदातामाथि अनुसन्धान गर्दै आन्तरिक राजस्व 

१ हजार ९८६ जना करदाताले ९ अर्ब ९३ करोड रुपैयाँको कारोबार नक्कली बिजकबाट गरेको सुरुवाति अनुसन्धानबाट देखिएको छ। 

images
images

काठमाडौं- नक्बली बिजक प्रयोग गरी कर छली गरेको भन्दै आन्तरिक राजस्व विभागले करिब २ हजार करदातामाथि थप अनुसन्धानको प्रक्रिया अघि बढाएको छ। 

images
images
images

विभागले विगतदेखिकै अनुसन्धान तथा अहिलेको प्रणालीको एसिसमेन्टमा देखिएका कमजोरीको मूल्यांकन गरेर सम्बन्धित आन्तरिक राजस्व कार्यालयहरूलाई थप अनुसन्धानका लागि प्रमाणसहित निर्देशन दिइसकेको छ। 

images
images

गएको आर्थिक वर्षमा विभागले गरेको मिहिन अनुसन्धान तथा विगतका प्रमाणका आधारमा यस्तो प्रमाण जुटाएको हो। करदाताहरूले नक्कली बिजक प्रयोग गरि भ्याट, आयकर तथा अन्य कर छली गरेको विभागको प्रारम्भिक ठहर छ। 

images
images

१ हजार ९८६ जना करदाताले ९ अर्ब ९३ करोड रुपैयाँको कारोबार नक्कली बिजकबाट गरेको सुरुवाति अनुसन्धानबाट देखिएको छ। 

कार्यालयहरूले गर्ने थप अनुसन्धानबाट करका बारेमा ठोस निर्णय हुने विभागले जानकारी दिएको छ। 

 


प्रकाशित : बुधबार, साउन १७ २०८०१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend