आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कर्णालीमा विद्युतसम्बन्धी छुट्टै कानून ल्याइँदै

बुधबार, साउन १७ २०८०
कर्णालीमा विद्युतसम्बन्धी छुट्टै कानून ल्याइँदै

विद्युत् उत्पादन, प्रसारण र वितरणलाई प्रवर्द्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, गुणस्तरीय तथा सर्वसुलभरूपमा विद्युत् सेवा उपलब्ध गराउन कानूनी व्यवस्था गर्न आवश्यक भएकाले सो विधेयक ल्याइएको कानूनमन्त्री कृष्णबहादुर जिसीले बताए।

सुर्खेत- कर्णाली प्रदेश सरकारले विद्युतसम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ। प्रदेशका नागरिकलाई गुणस्तरीय तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सो ऐन निर्माण गर्न लागिएको हो। 

ऐन निर्माणपछि कर्णालीमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पुग्ने अपेक्षासहित प्रदेशसभामा विद्युतसम्बन्धी विधेयक टेबुल गरिएको छ। आज बसेको दोस्रो अधिवेशनअन्तर्गत २८औँ बैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले प्रदेशसभा नियमावली, २०७९ को नियम १११ (३) अनुसार संसद्‌मा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गरेका हुन्।

उनले ‘प्रदेशस्तरमा उपलब्ध जलस्रोतलगायत नवीकरणीय तथा अन्य ऊर्जाका स्रोतलाई दीगोरूपमा अधिकतम प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए।

विद्युत् उत्पादन, प्रसारण र वितरणलाई प्रवर्द्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभरूपमा विद्युत् सेवा उपलब्ध गराउन कानूनी व्यवस्था गर्न आवश्यक भएकाले सो विधेयक ल्याइएको उनको भनाइ थियो। रासस


प्रकाशित : बुधबार, साउन १७ २०८००९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend