शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

तटबन्धले सुरक्षित ताल गाउँ

images
बुधबार, साउन १७ २०८०
images
तटबन्धले सुरक्षित ताल गाउँ
फाइल तस्बिर

बस्ती तटबन्धले सुरक्षित बनाइएपछि यहाँ पुराना संरचना पुनःनिर्माणका साथै नयाँ संरचना पनि निर्माण भइरहेको छ। बाढीले क्षति पुगेका घर, भवन र होटलको मर्मत सम्भारसँगै यहाँको व्यवसाय पनि अहिले तङ्ग्रिदै गएको छ।

images
images

मनाङ- हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो। मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो। बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ। कतिपय ठाउँका बासिन्दालाई स्थानान्तरण गर्ने योजना बनाइए पनि उपयुक्त स्थान तत्काल नपाइएपछि त्रिपालमुनि बसेर पनि स्थानीयवासीले समय कटाए।  

images
images
images

बाढीले गाउँको बस्ती नै अन्यत्र सर्नुपर्ने बाध्यता आयो। सबै तहबाट गाउँको बस्ती नै अन्यत्र स्थानान्तरण गर्ने प्रयास भए पनि स्थानीयवासी स्थानान्तरण हुन चाहेनन् र यही गाउँमा बस्नका लागि सुरक्षित वातावरण बनाउन माग गरे। उनीहरुको माग पनि पूरा भयो। नासों गाउँपालिका-१ तालगाउँकी अञ्जु तामाङले बाढीका कारण आफन्तसँग यति रमाइलो गाउँ बस्ती नै छाडेर जानुपर्छ भनेर आत्तिएको बताइन्।

images
images

'करिब दुई वर्ष पूरा भएपछि हाम्रो खुसी फर्किएको छ, बाढीले बसाइँसराइ गर्न बाध्य होइन्छ कि भनेर आत्तिएका हामी अहिले खुसी छौँ', उनले भनिन्। बाढी आएको लामो समयपछि तटबन्ध बनाएर अहिले तालगाउँ सुरक्षित बनाइएको तामाङले बताइन्।
पदमार्ग हुँदै मनाङ प्रवेश गर्दा पर्यटक तालगाउँमा बास बस्न पुग्दछन्।

images
images

होटल व्यवसाय गर्दै आएकी अञ्जुले यहाँ होटल व्यवसाय र खेतीपातीका लागि पनि उपयुक्त वातावरण भएको उल्लेख गरिन्।
'हाम्रो रहनसहन, संस्कार, संस्कृति र परम्परा मनाउँदै आएको ठाउँमै अहिले हामी सुरक्षित भएका छौँ। विशेषगरी पालुङटार कुण्डुटार सिँचाइ आयोजनाले तटबन्ध गरी यहाँको बस्तीलाई सुरक्षित बनाउन विशेष भूमिका निर्वाह गरेको छ', अञ्जुले भनिन्, 'गाउँमा नदीको बहाव पस्न सक्नेजत्तिकै पर्खाल लगाइएको छ, अहिले हामी ढुक्कसँग सुत्छौँ, पहिलेको जस्तो चिन्ता लाग्दैन।'

तटबन्धले सुरक्षित भएसँगै यहाँको संरचना निर्माणमा स्थानीयवासी लागिपरेका छन्। यहाँ धमाधम नयाँ संरचना निर्माणले गाउँ सुरक्षित भएको अनुभूति गर्न सकिन्छ। 

मर्स्याङ्दी नदीमा बाढी आए जत्तिकै तटबन्ध लगाई अहिले बस्ती सुरक्षित गरिएको छ। यस बस्तीलाई सुरक्षित बनाउन तात्कालीन प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य र पालुङटार कुण्डुटार सिञ्चाइ आयोजनाका प्रमुख दीपेन्द्रप्रसाद आचार्यको भूमिका महत्वपूर्ण रहेको स्थानीयवासीले बताए। छिटो बस्तीलाई सुरक्षित बनाउने उद्देश्यले उक्त आयोजना र तात्कालीन प्रजिअले उपभोक्ता समितिमार्फत काम गरेको स्थानीयवासी आन्द्रे गुरुङको भनाइ थियो। 

'बस्तीको सुरक्षाका लागि लामो प्रक्रियालाई संस्थाले छोट्याएर काम अगाडि बढाएको छ। उपभोक्ता समितिमार्फत काम गर्दा आफ्नो गाउँलाई सुरक्षित बनाउन छिटै नै काम सम्पन्न भएको छ। उपभोक्ता समितिमार्फत काम नगरेको भए अझै ढिला हुन्थ्यो, यो बर्खामा पनि डराएरै सुत्नुपर्ने अवस्था हुन्थ्यो, अहिले काम छिटो हुँदा आरामले सुत्न पाएका छौँं', उनले भनिन्।

पालुङटार कुण्डुटार सिँचाइ आयोजनाका प्रमुख दीपेन्द्रप्रसाद आचार्यले तालगाउँको बस्तीलाई जोखिमको समयमा कसरी हुन्छ छिटो सुरक्षित बनाउने कार्यमा आफ्नो ध्यान केन्द्रित भएको बताए।

'लामो प्रक्रियाबाट काम गर्दा जोखिममा आत्तिएका तालगाउँबासीको सुरक्षामा हामीले ध्यान दिनुपर्ने हुन्थ्यो, बोलपत्रको प्रक्रियाबाट काम गर्दा अहिलेसम्म पनि आधा काम गर्न सकिने अवस्थामा हुँदैन थियो, यसवर्षको बर्खामा पनि त्रयत्रयमा रहनुपर्ने हुन्थ्यो, उनीहरुकै जिम्मा दिएर छिटो काम गरेका हौँ,' उनले भने।

त्यहाँको तटबन्ध निर्माणका लागि आर्थिक वर्षको अन्त्यतिर बजेट बिनियोजन भएको र बोलपत्र प्रक्रियाबाट जाँदा लामो समय लाग्ने हुँदा बजेट फ्रिज हुने अवस्थामा यस्तो निर्णय गरिएको प्रमुख आचार्यले स्पष्ट पारु। 'तटबन्ध निर्माणका लागि बोलपत्र प्रक्रियाबाट अगाडि बढ्दा छ महिना लाग्छ, मनाङको मौसम अन्य जिल्लाको जस्तो बाह्रैमहिना अनुकूल हुँदैन, यसले गर्दा उपभोक्तामार्फत काम गराएका हौँ र छिटो काम भएको छ', उनले भने।

बस्ती तटबन्धले सुरक्षित बनाइएपछि यहाँ पुराना संरचना पुनःनिर्माणका साथै नयाँ संरचना पनि निर्माण भइरहेको छ। बाढीले क्षति पुगेका घर, भवन र होटलको मर्मत सम्भारसँगै यहाँको व्यवसाय पनि अहिले तङ्ग्रिदै गएको छ। यसले गर्दा स्थानीयवासीमा खुसी छाएको छ।


प्रकाशित : बुधबार, साउन १७ २०८००८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend