शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

८० प्रतिशत काम सकिएपछि रोकियो बसपार्क-आँपटारी सडकको बजेट

images
बुधबार, साउन १७ २०८०
images
८० प्रतिशत काम सकिएपछि रोकियो बसपार्क-आँपटारी सडकको बजेट

बहुवर्षीय योजनाअन्तर्गत विसं  २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आवमा बजेट विनियोजन नभएको हो।

images
images

चितवन- भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ। बहुवर्षीय योजनाअन्तर्गत विसं  २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएको हो।

images
images
images

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको अन्तिम चरणमा पुग्दै गर्दा सरकारले योजनामा नै राखेको छैन। उनले भने, 'एउटा ठेक्का ९७ प्रतिशत र अर्को ठेक्का ७० प्रतिशत सकिएको छ, तर सरकारले यो आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छैन।'

images
images

योजनामा नपरेपछि सडक विभागमा आफूले पत्राचार गरेको उनले बताए। बाइपास सडक निर्माणका लागि पहिलो ठेक्का केन्द्रीय बस टर्मिनलबाट विशाल चोकसम्म र दोस्रो ठेक्का विशाल चोकबाट आँपटारीसम्म लागेको थियो। पहिलो ठेक्का चार किलोमिटर सडक दुई लेन बनाउनका लागि ठेक्का गरिएको भए पनि स्थानीयको मागसँगै त्यसलाई छोट्याएर दुई किलोमिटर चार लेन निर्माण गरिएको हो।

images
images

यो ठेक्काको काम ९७ प्रतिशत सकिएको छ। गौरी पार्वती निर्माण सेवासँग १२ करोड रूपैयाँमा ठेक्का सम्झौता भइ काम भइरहेको छ। अहिले यो सडक सम्पन्न हुन केहीमात्रै बाँकी रहेको उनले बताए। उनका अनुसार रायमाझी पशुपति जेभीले ठेक्का सम्झौता गरेर काम गर्दै आएको दोस्रो ठेक्काको कामसमेत ७० प्रतिशत सकिएको छ।

मंसिर महिनाभित्र पूर्णरूपमा सम्पन्न गर्ने गरी काम भइरहेको सो ठेक्काका लागि २९ करोड रूपैयाँमा सम्झौता भएको थियो। अहिले फुटपाथ निर्माणको काम भइरहेको भए पनि बजेट नहुँदा कार्य पूरा गर्न कठिन भएको उनले बताए। उनले भने, 'ठेकेदार कम्पनीले बिल भुक्तानीका लागि निवेदन दिइसकेका छन्, कार्यालयसँग बजेट छैन।'

सम्झौताअनुसार निकासा दिनुपर्ने बजेटसमेत निकासा दिन नसकिएको उनले बताए। यो सडक गत आर्थिक वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा बजेटको कठिनाइका कारण काम हुन नसकेको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, साउन १७ २०८००७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend