शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

नौ वर्षमा निर्माण सम्पन्न हुँदै ठिमुरा-देवघाट पुल, ९० प्रतिशत काम सकियो

images
बुधबार, साउन १७ २०८०
images
नौ वर्षमा निर्माण सम्पन्न हुँदै ठिमुरा-देवघाट पुल, ९० प्रतिशत काम सकियो
फाइल तस्बिर

आगामी कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए।

images
images

नारायणगढ- भरतपुर महानगरपालिका-१ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका-५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणकार्य नौ वर्षमा पूरा हुने भएको छ। पुल निर्माण सुरु गरेको एक दशक हुनै लाग्दा पुलको निर्माण सम्पन्न हुन लागेको हो।

images
images
images

विसं २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको पुल निर्माणका क्रममा पटक-पटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए। अहिले निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको भए पनि अझै रेलिङ हाल्ने, पुलसम्म पुग्ने सडक निर्माण गर्नेजस्ता काम बाँकी रहेको उनले बताए।

images
images

निर्माण सुरु हुनुअघि बनाइएको नक्सांकन बीचमा संशोधन गर्नुपर्दा समय लागेको भए पनि आगामी कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको पौडेलको भनाइ छ। निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको जनाउँदै उनले अब छिट्टै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

images
images

पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उनले जानकारी दिए। उनले भने, 'एक सय २० मिटर ढलान गरिएको छ, अन्य स्थानमा स्टिलको स्पान बनाइएको छ।'

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको भए पनि वर्षमा पाँच महिनामात्रै काम गर्न पाउने हुँदा निर्माणकार्य ढिला भएको निर्माण कम्पनीका प्रमुख योगेन्द्र कँडेले बताए। उनले भने, 'बर्सातको समयमा पानीको बहाव बढ्ने हुँदा काम गर्न सकिएन।'

निर्माण भइरहेको समयमा विसं २०७७ चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो। दोस्रोपटक २०७९ बैशाखमा भत्किएको थियो। पुल निर्माणका लागि सुरुमा १९ करोड १० लाख ६६ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत २१ करोड ६८ लाख ४८ हजार रूपैयाँ रहेको छ। रासस


प्रकाशित : बुधबार, साउन १७ २०८००७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend