आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

भोजपुरमा खडेरीले सुक्यो मकै 

images
मंगलबार, साउन १६ २०८०
images
भोजपुरमा खडेरीले सुक्यो मकै 

लम्पी स्किनले पशुचौपाया क्षति बेहोरेका कृषक खडेरीका कारण झन् पीडित बनेका छन्।

images
images

भोजपुर- भोजपुरमा खडेरीका कारण मकै सुकेको छ। जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन्। खडेरीका कारण अरुण-६ जरायोटार र वडा नं ७ सिक्रेटारमा सबैभन्दा बढी मकै नष्ट भएको छ। 

images
images
images

जरायोटारका एक सय २० परिवारले एक सय ७० हेक्टरमा लगाएको मकैबाली खडेरीका कारण नष्ट भएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए। कृषि ज्ञान केन्द्रको प्रविधिक टोलीले दुवै ठाउँको अनुगमन गरेको छ।

images
images

जरायोटारको रानीटार, बतासे र वडा नं ७ सिक्रेटारमा मकैबाली पूर्णरुपमा क्षति भएको पाइएको उनले बताए। 'खडेरीबाट प्रभावितलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ', अध्यक्ष खत्रीले भने।

images
images

अरुण गाउँपालिका कृषि शाखाका प्रमुख रवीन्द्र सापकोटाले सुक्खा खडेरीबाट प्रभावितको लगत संकलन गरी राहतका लागि स्थानीय तहसँगै सम्बन्धित निकायलाई प्रस्ताव गरिने बताए।

यसअघि पनि बाढी पहिरोबाट अरुण-१ र २ का बस्ती प्रभावित भएका थिए। लम्पी स्किनले पशुचौपाया क्षति बेहोरेका कृषक खडेरीका कारण झन् पीडित बनेका गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले बताइन्। रासस


प्रकाशित : मंगलबार, साउन १६ २०८०१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend