आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

साउनमा पनि परेन पर्सामा पर्‍याप्त पानी, दमकल लगाएर रोपाइँ

images
मंगलबार, साउन १६ २०८०
images
साउनमा पनि परेन पर्सामा पर्‍याप्त पानी, दमकल लगाएर रोपाइँ

डिजेलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा चार सय रूपैयाँ तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा तीन सय रूपैयाँ तिर्नु परिरहेको पोखरिया-४ का सन्तोषप्रसाद चौहानले जानकारी दिए।

images
images

पर्सा- रोपाइँको गीत गुञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन्। साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको घर पर्नुपरेको हो। 

images
images
images

किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन्। रोपिएको धान पनि हुन्छ कि हुँदैन भनेर किसान चिन्तित छन्। डिजेलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा चार सय रूपैयाँ तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा तीन सय रूपैयाँ तिर्नु परिरहेको पोखरिया-४ का सन्तोषप्रसाद चौहानले जानकारी दिए।

images
images

गण्डक नहरमा पानी छैन। स्थानिय तहले कुलो सफा नगर्दा किसान मारमा छन्। उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन्। 'आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था छ', पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भने। गत वर्ष पानीको सुविधा भए पनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो। यसवर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहुँदा किसानलाई समस्या भएको छ।

images
images

पर्सामा साउनको दोस्रो साता बित्दा समेत ५० प्रशित मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए। ग्रामीण भेगमा आकासे पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उनले बताए। रासस


प्रकाशित : मंगलबार, साउन १६ २०८००९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend