आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नेपालको कुल वैदेशिक व्यापारमा गिरावट, २१ प्रतिशतले घट्यो निर्यात

images
मंगलबार, साउन १६ २०८०
images
नेपालको कुल वैदेशिक व्यापारमा गिरावट, २१ प्रतिशतले घट्यो निर्यात
फाइल तस्बिर

गत आवमा एक खर्ब ५७ अर्ब रूपैयाँको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

images
images

काठमाडौं- सरकारले निर्यात प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ। आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ। गत आवमा एक खर्ब ५७ अर्ब रूपैयाँको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

images
images
images

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कुल पैठारीमा १६ दशमवल एक प्रतिशतले ह्रास आएको जानकारी दिए।

images
images

गत आवमा १६ खर्ब ११ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। गत आवमा नेपालको कुल वैदेशिक व्यापारमा पनि गिरावट आएको छ। सो आवमा कुल १७ खर्ब ८६ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी हो।

images
images

'गत आवको प्रारम्भिक तथ्यांकअनुसार कुल व्यापारमा आठ दशमलव नौ प्रतिशत निकासी र ९१ प्रतिशत पैठारीको योगदान छ', उनले भने, 'समीक्षा अवधिमा नेपालको कुल निकासी २१ दशमलव चार प्रतिशतले ह्रास आएको छ।'

आव २०७८/७९ मा निकारी पैठारी व्यापारको अनुपात १ः९.६ रहेकामा गत आवमा सो अनुपात १:१० पुगेको सचिव मरासिनीले जानकारी दिए। उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनका लागि सरोकारवाला निकायका सचिवसँग छलफल गरिएको बताए।

उद्योगमन्त्रीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको बैठक सम्पन्न भई नेपालको निर्यात व्यापार प्रवर्द्धनका सम्बन्धमा महत्वपूर्ण निर्णय भएको उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, साउन १६ २०८००९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend