आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एक वर्षदेखि मर्मतको पर्खाइमा बौद्ध स्तुपा क्षेत्रको सडक

images
मंगलबार, साउन १६ २०८०
images
एक वर्षदेखि मर्मतको पर्खाइमा बौद्ध स्तुपा क्षेत्रको सडक

काठमाडौं महानगरपालिकाको नौ करोड रूपैयाँको लागतमा कालोपत्र गरिएको थियो। कालोपत्र गरिएको तीन महिनामै भत्किएको हो।

images
images

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन। सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको सास्ती भोग्न बाध्य छन्।

images
images
images

काठमाडौं महानगरपालिकाको ठेक्कामार्फत उक्त सडक कालेपत्र गरिए पनि तीन महिनामै भत्किएको थियो। कालोपत्र भत्किएपछि मर्मतको जिम्मा निर्माण कम्पनीको भए पनि हालसम्म काम हुन नसकेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वकार्यकारी निर्देशक नयनकुमार लामाले बताए।

images
images

बौद्ध क्षेत्रको टुसालबाट महांकाल र सम्पदा मार्गहुँदै बौद्ध चैत्य पुग्न सकिने सडक २०७८ जेठमा कालोपत्र भएको थियो। 'गुणस्तरीय काम नहुँदा लामो समयदेखि स्थानीयले दुःख पाएको अवस्था छ', उनले भने, 'सडक मर्मतका लागि समितिले विगतमा तीन पटक बजेट बिनियोजन गरे पनि काठमाडौं महानगरपालिकाले नै गर्ने भनेकाले सडकको जिम्मा महानगरलाई नै दिइएको हो।'

images
images

कालोपत्र हुनुभन्दा एक वर्षअघि भने यो सडक समितिकै बजेटबाट मर्मत गरिएको थियो। विश्व सम्पदा क्षेत्रमा लामो समयदेखि सडक बिग्रिएको अवस्थाले पर्यटकहरुमा राम्रो सन्देश नजाने स्थानीय व्यवसायी मंगलकुमार श्रेष्ठ बताउँछन्। जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्नु परेको उनको भनाइ छ।

स्थानीय श्रीकृष्ण शाही सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेकाले लामो समयसम्म नटिकेको दाबी गर्छन्। न्यून गुणस्तरको काम हुँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उनको भनाइ छ।

उक्त सडक काठमाडौं महानगरपालिकाको नौ करोड रूपैयाँको लागतमा कालोपत्र गरिएको थियो। काठमाडौं महानगरपालिका-६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले कमसल काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको दाबी गर्छन्। उनले महानगरपालिकामा यसबारे जानकारी गराउँदै भुक्तानी रोक्न समेत आग्रह गरेको बताए।

पाँच तारे होटल हायात रिजेन्सीको पूर्वोत्तरको पर्खालसँगै जोडिएको उक्त सडकको दुरावस्थाले राम्रो सन्देश नदिने महानगरपालिका-६ का वडा अध्यक्ष भुवन लामा बताउँछन्। उनले यसबारेमा  महानगरपालिकाको कार्यपालिका बैठकमा विषय उठान गर्ने बताए।

'बौद्ध क्षेत्रकै विकासका लागि भनी पर्यटकसँग शुल्क उठाइन्छ। त्यो शुल्क समितिको खातामा बैंकमा खर्च हुन नसकी थुप्रिएको छ। तर सडकको दूरावस्थाले विश्व सम्पदा क्षेत्रलाई नै गिज्याइरहेको छ', उनले भने।


प्रकाशित : मंगलबार, साउन १६ २०८००६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend