मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बिजुली खेर जान थालेपछि कुलमान आक्रामक: मौजुदा वितरण लाइनबाटै उद्योगलाई द्रुतमार्गबाट बिजुली

शुक्रबार, कात्तिक २६ २०७८
बिजुली खेर जान थालेपछि कुलमान आक्रामक: मौजुदा वितरण लाइनबाटै उद्योगलाई द्रुतमार्गबाट बिजुली

११ र ३३ केभीको लाइनका लागि जीआइएस गर्ननपर्ने अवसथामा १० दिनभत्रि जडान हुने र वितरण संचरना नभएको भए संरचना तयार हुने वित्तिकै जडान हुने छ। 

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले उद्योगी व्यवसायीलाई द्रुतमार्गबाट बिजुली दिने प्रतिबद्धतता जनाएको छ। पछिल्लो समय स्वदेशमै खपतभन्दा उत्पादन धेरै भएपछि बिजुली खपत बढाउन उद्योगमा चाहेजति बिजुली तत्काल दिने प्रतिबद्धतता जनाएको छ।

सार्वजनिक सूचना जारी गर्दै उद्योगी व्यवसायीलाई बिजुली दिने बताएको प्राधिकरणको विभिन्न क्षमताको लाइन जडानको अधिकतम समयसीमा तोकेको जानकारी दिएको छ। उद्याेगीहरुलाई धमाधम पत्रसमेत काट्न थालिएकाे छ। सवैजसाे ठूला उद्याेगलाई पत्र लेखेर बिजुली जुनसुकै वितरणबाट लिन सहजिकरण गरिदिने आग्रह गरिएकाे छ। 

लोड स्वीकृत हुने समय, पूर्वाधारको अवस्था हेरी प्रक्रिया अघि बढ्ने प्राधिकरणले जानकारी दिएको छ। ४०० भोल्टको थ्री फेज लाइन जडानका लागि हालकै संरचनाबाट हुने भएमा सात दिन, टीओडी र स्मार्ट मिटर लिनेको हकमा १० दिनभित्र लोड स्वीकृत भइ लाइन जडान हुने प्राधिकरणले जानकारी दिएको छ। 

वितरण पूर्वाधार उद्योगी आफैले गर्नुपर्ने भएमा जडानको भएको तीन दिनभित्र लाइन जडान हुने छ। ११ र ३३ केभीको लाइनका लागि जीआइएस गर्ननपर्ने अवसथामा १० दिनभत्रि जडान हुने र वितरण संचरना नभएको भए संरचना तयार हुने वित्तिकै जडान हुने छ। 

जीआइएस गर्नुपर्ने भएमा जीआइएस गर्नका लागि दस्तुर बुझाएको ३ दिनभित्र काम सम्पन्न हुने प्राधिकरणले जानकारी दिएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८०८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend